राष्ट्रपतिले अन्तरिम संविधानको खिल्ली उडाए : देव गुरुङ

नेकपा-माओवादीका सचिव देव गुरुङले राष्ट्रपतिले अन्तरिम संविधानको खिल्ली उडाउँदै हत्या गरेको आरोप लगाएका छन् ।

३३ दलले गरेको विरोधसभालाई सम्बबोधन गर्दै गुरुङले चुनावी सकारका अध्यक्ष खिलराज रेग्मीले न्यायापालिकाको हत्या गरेको भन्दै उनले त्यसको जिम्मा
राष्ट्रपतिले लिनुपर्ने बताए । 

उनले राष्ट्रपतिले संविधानको रक्षा गर्नुको सट्टा असंबैधानिक कदम चालेर अन्तरिम संविधानको हत्या गरेको आरोप लगाए ।


उनले खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार विदेशी एजेण्डामा बनेको र त्यो एजेण्डामा चार दलले सहमति गरेको बताए ।


रेग्मी नेतृत्वको सरकारले कुनै पनि हालतमा चुनाव गर्न नसक्ने उल्लेख गर्दे चार दल र यो सरकारले  जनतालाई भ्रममा पारेको उल्लेख गरे ।

उनले असंबैधानिक तवरबाट बनेको  सरकारले आफुहरुलाई वार्तामा बोलाउनुको कुने औचित्य नरहेको बताए ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates