कांग्रेस केन्द्रीय समितिमा रेग्मीको राजीनामा माग
काठमाडौं, चैत १५ - नेपाली
कांग्रेसका केन्द्रीय सदस्यले अन्तरिम चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज
रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा गर्नुपर्ने माग गरेका छन्। उनीहरुले
बिहीबार सुरु हुने केन्द्रीय समिति बैठकमा प्रधान न्यायाधीशबाट रेग्मीले
राजीनामा गर्नुपर्ने अडान राख्ने तयारी गरेका छन्।
केन्द्रीय समितिको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार अर्जुननरसिंह केसी, पूर्णबहादुर खड्का, शेखर कोइराला, एनपी साउद, शंकर भण्डारी, बलबहादुर केसी, पुष्पा भूषाल, अम्बिका बस्नेतसहितका केन्द्रीय सदस्यहरूले प्रधान न्यायाधीशबाट रेग्मीले राजीनामा गर्नुपर्ने निष्कर्ष निकालेका हुन्।
केन्द्रीय समितिको निर्णयविपरीत नेतृत्वले प्रधान न्यायाधीश नेतृत्वमा चुनावी सरकार गठनमा सहमति गरेको निष्कर्ष निकालेका छन्। उनीहरुले प्रधान न्यायाधीश नेतृत्वमा चुनावी सरकार गठन गर्नु लोकतान्त्रिक मूल्यमान्यता, शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको ठहर गरेका छन्।
'फागुन ३० पछि भएका सबै घटनाको विषयमा गम्भीर छलफल भयो,' केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले नागरिकसँग भने, 'प्रधान न्यायाधीश नेतृत्वमा चुनावी सरकार गठनले स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरण सिद्धान्त, लोकतान्त्रिक मूल्यमान्यता, निर्वाचन तयारीका विषयमा बैठकमा गम्भीरतासाथ कुरा राख्छौं।'
कांग्रेसका १७ केन्द्रीय सदस्यले फागुन ३० गते सभापति सुशील कोइरालालाई ज्ञापनपत्र बुझाउँदै प्रधान न्यायाधीशबाट राजीनामा नगरी रेग्मीलाई सरकार प्रमुखको जिम्मेवारी नदिन आग्रह गरेका थिए। उनीहरुले तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै प्रधान न्यायाधीशलाई सरकार प्रमुखको जिम्मेवारी दिए त्यसको दोष पार्टी नेतृत्व र वार्तामा सहभागी नेताहरुले लिनुपर्ने ठहर गरेका थिए।
केन्द्रीय समिति बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टीको महासमिति बैठकको विषयमा पनि छलफल हुने भएको छ। नवलपरासी जिल्ला कार्यसमितिको तयारीमा कांग्रेसले चैत २६ देखि २८ सम्म महासमिति बैठकको तयारी गरेको छ। पार्टी केन्द्रीय कार्यालयले जिल्ला सभापतिहरुलाई सोहीअनुसार परिपत्र गरिसकेको छ। तर केन्द्रीय समितिले भने निर्णय लिएको छैन।
कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले आगामी निर्वाचन, महासमिति बैठकका विषयमा केन्द्रीय समितिमा छलफल हुने जानकारी दिए। 'नवलपरासी जिल्ला कार्यसमितिले चैत २६ देखि महासमिति बैठक गर्न अनुकूल हुन्छ भनेको छ,' उनले नागरिकसँग भने, 'निर्वाचन तयारी, महासमिति बैठक र भ्रातृ संगठनका विषयमा पनि छलफल हुन्छ।'
बडुले असारमा नै संविधानसभा निर्वाचन भए भ्रातृ संगठनको महाधिवेशन केही समय पर सर्ने जानकारी दिँदै भने, 'निर्वाचन पर सरे भ्रातृ संगठनको महाधिवेशन हुन्छ।'

0 comments