३३ दलको मोटरसाईकल ऱ्याली
चैत्र २१ काठमाण्डौं । चार दलको सहमति र रेग्मी सरकारको विरुद्धमा
आन्दोलनरत नेकपा–माओवादी सहितका ३३ दलले आज मोटरसाईकल ऱ्याली निकालेको छ ।
खुल्लामञ्चबाट शुरु भएको ऱ्याली बागबजार पुतली सडक कोटेस्वर हुदै
सुन्धारामा पुगेर टुगिंएको थियो । ऱ्यालीमा सयौं मोटरसाईकल सहभागी थिए ।
ऱ्यालीमा माओवादी पोलिटव्यूरो सदस्य हितमान शाक्य लगायतका नेताहरु पनि
सहभागी थिए । ऱ्यालीमा अन्य दलका नेताहरु पनि सहभागी थिए । ती दलहरुले
निर्वाचन प्रकृयाको विरोध गर्दै चैत्र २५ गते नेपाल बन्दको समेत आव्हान्
गरेका छन् ।
0 comments