प्रधानन्यायधीशलाई राजीनामा गराउन माग

काठमाडौ, चैत २१ । नेपाली काग्रेसको केन्द्रीय समितिको बैठकमा २३ केन्द्रीय सदस्यहरुले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार प्रधानन्यायधीश पदबाट प्रधानमन्त्री खिलराज रेग्मीले राजीनामा दिनु पर्ने अडान राखेका छन् । उनीहरुले आजको बैठकमा आफूहरुले राखेको चार बुदे प्रस्ताव संवोधन नभए महासमितिको बैठकमा फरक मतै राख्ने तयारी गरेको केन्द्रीय सदस्य एनपी सावदले जानकारी दिनु भयो । आज विधान सम्वन्धि प्रस्ताव तथा प्रतिवेदन पनि प्रस्तुत भएको छ ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates