कम्युनिष्ट पार्टी स्थापना भएको ६४ बर्ष

काठमाडौ, बैशाख ९ –
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको आज ६३ बर्ष पुरा भई ६४ बर्षमा प्रबेश गरेको छ ।
२००६ साल वैशाख ९ गते भारतको पश्चिम बंगालको राजधानी कोलकातामा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेपालमा क्रियाशिल कम्युनिष्ट पार्टीहरले आज बिभिन्न कार्यक्रमहरु आयोजना गर्दैछन् । कम्युनिष्ट पार्टी स्थापना गर्ने महासचिव पुष्पलाल श्रेष्ठ , निरन्जन गोविन्द वैद्य, नारायणविलास जोशी र नरबहादुर कर्माचार्यमध्ये हाल कर्माचार्यमात्र जिवित हुनुहुन्छ । स्थापनाकालमा पूर्ण समर्थन सहित सहभागिता जनाउन कोलकोता पुग्नुभएकी मोतिदेवी श्रेष्ठ स्थापना बैठकमा पुग्न असमर्थ भएका कारण उहाालाई संस्थापक मान्ने या नमान्ने विषयमा अझंैसम्म विवाद रहेको छ ।उहााहरुको नेतृत्वमा स्थापित नेपाल कम्युनिष्ठ पार्टी अहिले झण्डै दुई दर्जन पार्टीहरुमा विभाजित रहेको छ ।स्थापना दिवसको अवसरमा एक मात्र जीवित संस्थापक नेता नरबहादुर कर्माचार्यले कम्युनिष्ट पार्टीमा बिबाद र बिभाजनको सुरवात स्थापनाकालदेखि नै भएको भन्दै नयाा जनवादी राज्यसत्ताको लागि एकता र सहकार्यलाई जोड दिन आग्रह गर्नुभएको छ । हाल नेपालमा एकीकृत माओवादी, नेकपा–माओवादी, नेकपा
(एमाले), नेपाल मजदुर किसान पार्टी, नेकपा संयुक्त, नेकपा मसाल, नेकपा (एकीकृत) नेकपा (एकीकृत क्रान्तिकारी), नेकपा (माक्र्सवादी), नेकपा (माले), क्रान्तिकारी कम्युनिष्ट पार्टी र भर्खरै जन्मेको नेपाल कम्युनिष्ट पार्टीलगायतका झण्डै दुई दर्जन दलहरु क्रियाशिल रहेका छन् ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates