बलजफ्ती चुनाव भए प्रतिरोध
नेपाल कम्युनिस्ट पार्टी–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले
सहिदका सपनामाथि खेलवाड गर्नेहरूले बलपूर्वक चुनाव गर्न खोजे सशक्त
प्रतिरोध गर्ने बताएका छन् । जनताका सपनामाथि खेलवाड गर्नेहरुले आफ्नो
स्वार्थमा देशलाई भजाउन खोजेमा जनताले माफी नदिने बताउँदै अध्यक्ष किरणले
त्यो प्रक्रियामा प्रचण्ड र बाबुरामलाई पनि जनताले बाँकी नराख्ने चेतावनी
दिए ।
अखिल नेपाल जनसांस्कृतिक महासंघले सोमबार काभ्रेको अनेकोटमा आयोजना गरेको सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा अध्यक्ष किरणले उक्त चेतावनी दिएका हुन् । उनले विदेशीहरूको इशारामा अन्तरिम संविधानका सबै विधि र प्रक्रिया मिचेर बलपूर्वक गराउन खोजिएको चुनावका विरूद्ध आफूहरूले कडा प्रतिरोध गर्ने बताए । यस्तो चुनाव आफूहरूलाई कुनै हालतमा मान्य नहुने बताउँदै नेता किरणले भने, ‘बलजफ्ती चुनाव गराउन खोज्नेहरूका हात खुट्टा जनताले भाँच्ने छन्, जनताले त्यतिबेला प्रचण्ड र बाबुरामसमेतलाई बाँकी राख्ने छैनन् ।’
आफूहरू क्रान्तिप्रति इमानदार रहेको विश्वास दिलाउँदै नेता किरणले आफू सहिद हुन तयार रहेको बताए । उनले आफू सहिद भए पनि क्रान्तिप्रति धोका नदिने प्रतिबद्धता समेत व्यक्त गरे । प्रचण्ड र बाबुरामले विदेशीहरूका सामु आत्मसपर्मण गरेको भएपनि आफू शहदात दिन कत्तिपनि नहच्चकिने बताए ।
नेकपा (माओवादी) का संयोजक मातृका यादवले जनताको समस्या समाधान गर्न सशस्त्र संघर्ष आवश्यक रहेको बताए । जनताका समस्या क्रान्तिसँग जोडिएकाले यसका लागि नेकपा–माओवादीले क्रान्तिकारीहरूको अगुवाइ गर्नु पर्ने बताउँदै संयोजक यादवले आफूहरू सहयोग गर्न तयार रहेको बताए । ‘क्रान्तिकारी पार्टीहरूलाई नेतृत्व गरी माओवादी अघि बढनुपर्छ’ उनले भने ।
महासंघले आयोजना गरेको प्रतिरोध दिवसमा सरिक क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले प्रचण्ड बाबुरामले १२ बुँदेदेखि गद्दारी गरेको बताए । उनले यस्ता गद्दारहरूलाई जनताले बाँकी नराख्ने बताए ।
नेकपा–माओवादीका पोलिटब्युरो सदस्य सोनामले राष्ट्रघाती गर्ने जनघातीहरूले क्रान्ति र विचार वर्ग र जनतालाई धोका दिएको बताए । उनले प्रचण्ड बाबुरामले क्रान्तिका नाममा गद्दारी गरेकाले क्रान्तिलाई पूरा गर्नु पर्ने कार्यभार आफूहरूले पूरा गर्ने दावी गरे ।

अनेकोट गाविसको परिसरमा आयोजित सो प्रतिरोध दिवसमा महासंघका अध्यक्ष ईश्वरचन्द्र ज्ञावालीले राष्ट्रियता र राष्ट्रिय स्वाधीनता प्राप्त नभएसम्म क्रान्ति पूरा नहुने बताए । उनले गद्दारी गर्नेहरूको कर्तुतबाट हत्सोत्साहित नभइ क्रान्तिको कार्यभार पूरा गर्न जनता जुटनु पर्ने बताए । उनको विचारमा राष्ट्रियता र राष्ट्रिय स्वाधीनता प्राप्त नभएसम्म सांस्कृतिक क्रान्ति जारी रहने छ ।
उनले स्पस्ट पारे ।
च्याङ्वा लामासहितका कलाकारहरूको हत्या भएको सम्झनामा सो कार्यक्रम भएको हो । यस्तै क्रान्तिबाट पदच्युत भइसकेको एकीकृत नेकपा (माओवादी)का नेताहरूले आयोजना गरेको प्रतिरोध दिवसमा जनसहभागीताको आधार फितलो देखिएको स्थानीयहरूले बताएका छन् । स्थानीयहरूले जनाए अनुसार एमाओवादीका कार्यक्रममा थोरै मानिसहरूको उपस्थिति र त्यसमा पनि सो कार्यक्रमबाट माओवादीको कार्यक्रममा सहभागी भएपछि सो दलका उच्च नेताहरूले सम्बोधन नगरेको उनीहरूले बताए । सो कार्यक्रममा कृष्णबहादुर महरा र अग्नि सापकोटाले मात्र सम्बोधन गरेको उनीहरूको भनाइ थियो ।
0 comments