प्रगतिशील मोर्चा बेल्जियमको आयोजनामा मे दिवस सम्पन्न

१२४ औं अन्तराष्ट्रिय मजदुर दिवस नेपाली जन प्रगतिशील मोर्चा, बेल्जियमको आयोजनामा बेल्जियमको आन्त्वर्पेन सहरमा अन्तरक्रिया कार्यक्रम सहित सम्पन्न भएको छ। संगठनका सदस्य तथा सुभचिन्तकहरुका बीचमा मात्र जानकारी गराई आयोजना गरिएको उक्त कार्यक्रम विर सहिदहरु प्रति १ मिनट मौनधारण गरि सुरु गरिएको थियो

कार्यक्रममा अधिकांश बक्ताहरुले मे दिवसको एतिहासिक महत्वमाथि प्रकाश पार्दै नेपाल लगायत विश्वका मजदुरहरु को मुक्तिको लागि सर्बहारावर्गको राज्यसत्ता स्थापनार्थ लड्नुपर्ने बताएका थिए। कार्यक्रममा मोर्चाका सल्लाहकार बिष्णु भुजेलले संगठन र बेल्जियमको बारेमा आफ्नो विचार राख्दै हामी विचारमा श-सक्त छौं। त्यसैले त हामीले जनजाती र नेपालीको बलिदानी को इतिहास इपरमा स्मारक बनाउनु पर्छ भनेर बनाएको समिति बेल्जियममा कार्यान्वन छ

अरुले अर्को समिति बनाएको भ्रम पार्न खोजे पनि अझै सम्म संयोजक बाहेक अरुको नाम दिन सकेका छैनन् त्यसैले अब एन आर एन बेल्जियमले नेपाल हाउस र इपर बारेमा बेल्जियम बासि नेपालीलाई सफाई दिनुपर्ने जरुरि छ भन्नु भयो त्यसैगरी संगठनका साथीहरुले संगठन को एजेन्डा लाइ बेल्जियम बासि नेपालीको हितमा हुनेगरी अझै उठाएर लैजान सुझाब दिनु भएको थियो


त्यसैगरी मोर्चाका सल्लाहकार तथा जनजाती सरोकार मञ्च,बेल्जियमका अध्यक्ष रामबहादुर गुरुङले हिजोका दिनमा जसले सर्बहारा वर्गको मुक्तिको लागि आवज उठाएको थियो उही तप्का आज सर्बहारा बर्गको दमनको लागि चरम रुपमा प्रस्तुत भएको छ। अग्रगामी विचार सहितको राष्ट्रिय स्वाधिनता बिना नेपाल र नेपालीको मुक्ति सम्भव छैन भन्दै आफ्ना भाव पूर्ण विचार राख्नु भयो

त्यसैगरी सल्लाहकार बदन योंघांगले सर्बहारा बर्गको मुक्तिको लागि जो, जहाँ भएपनि आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने विचार राख्नु भयो। अन्तमा मोर्चाका महासचिव कुल मगरले भर्खर नेपाल बसाई तथा राजनैतिक भेटघाटको बारेमा आफ्ना अनुभव राख्दै नेपालमा हाम्रो आस्थाको पार्टी नेपाल कम्युनिस्ट पार्टी-माओवादीको नेतृत्व मा जनवादी राज्य व्यवस्था स्थापना हुने आशा र विश्वास ब्यक्त गर्नुभयो।


0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates