मजदुर दिवस र हकहित (सन्दर्भ १२४ आंै मजदुर दिवस)

मजदुरहरुको महान् चाड अन्तराष्ट्रिय श्रमिक मजदुर दिवस अर्थात् मे १ तारिख नेपाललगायत विश्वभर मनाउने तयारी भएको छ । मजदुर हकहित र अधिकारको निम्ति विश्वमा विभिन्न कार्यक्रमहरु गर्दै मनार्इंदैछ । आठ घण्टे मजदुरी, आठ घण्टे आराम र आठ घण्टे मनोरञ्जन गर्न पाउनुपर्ने नैसर्गिक अधिकारको पक्षमा गरेको आन्दोलन सफल भएको एक शताब्दी र २४ वर्ष पुग्न लागेको छ । विभिन्न राजनीतिक पार्टीहरुले विभिन्न पक्षमा रहेर मजदुरसम्बन्धि माग अगाडि सारेर अगाडि बढिरहेका छन् ।
सन् १८८० को दशकमा मजदुर आन्दोलन सफल भएको उपलक्ष्यमा राष्ट्रिय बिदा अमेरिका, क्यानाडा र दक्षिण अफ्रिकाबाहेक सबै देशहरुले राष्ट्रिय पर्वको रुपमा यो दिवस मनाइरहेका छन् । यो दिनमा अमेरिकाले कानून दिवसको रुपमा मनाउन गरेका छन् । सन् १९८९ मे १ देखि रुसमा समाजवादी राज्यसत्ता स्थापना गर्न महत्वपूर्ण योयदान दिएका मजदुर नेता जोसेफ स्टालिनको नेतृत्वमा पहिलो पटक यो दिवस मनाएको हो ।

द्रुतगतिमा औद्योगिकीकरण भइरहेको अमेरिकामा उद्योगपतिहरुले मजदुरहरुलाई उत्पादनको साधनको रुपमा यान्त्रिकीकरण गर्दै दिनमा १६ घण्टासम्म मजदुरी गर्न लगाउँथे । आर्थिक रुपमा जीवन यापन गर्न असक्षम र अतिरिक्त श्रमशोषणका कारण मारमा परेका मजदुरहरुले पूँजीपतिहरुको यस्तो दबावलाई स्वीकार्नुबाहेक अरु विकल्प थिएन । तर सन् १८४८ मा कम्युनिष्ट घोषणा–पत्रको आधारमा फ्रान्सको पेरिस कम्युन, जर्मनीको राजनीतिक उथलपुथललगायत विभिन्न स्थानमा भएका राजनीतिक परिवर्तनबाट प्रभावित मजदुरहरुको अमेरिकी संस्थाले अतिरिक्त श्रमशोषण र अतिरिक्त मूल्यको सिद्धान्तलाई विश्लेषण गर्दै १६ घण्टाको स्थानमा मात्र ८ घण्टा मजदुरी गर्ने निर्णय सन् १८८४ मा ग¥यो । तर सन् सोही समयमा टेड युनियनहरुले ८ घण्टा काम गर्ने मागका सम्बन्धमा कानूनी रुपमा व्यवस्थापिका संसदबाट पारित गराउन सकेनन् । अप्रिल १८८६ सालमा दुई लाख पचास हजार मजदुरहरुले अमेरिकाको सिकागो शहरलाई केन्द्रविन्दु बनाएर आमहड्ताल गरे । मजदुरहरुको यस्तो आन्दोलनमा वामपन्थी विचार भएका नेताहरुको पनि साथ पाएकाले त्यहाँका पूँजीपतिहरुले आफ्नो लुटको स्वर्ग बचाउन सरकारलाई हतियार किन्न सहयोग समेत गरेका थिए ।

सिकागो ब्यापारिक क्लबले मजदुरविरुद्ध लड्नको लागि एक हतियार बराबर दुई हजार अमेरिकी डलरसम्म सरकारलाई आर्थिक सहयोग दिएको थियो । फलस्वरुप मे ३ मा प्रहरीले म्याकार्मिक रिपियर कारखाना चारजना मजदुरलाई मारे र अत्याधिक मात्रामा मजदुरहरुलाई घाइते पारे । यो घटनालाई लिएर मे ४ मा हयेमार्केट स्क्वायरमा मजदुरहरुले विरोधसभा गरे । यो भव्य सभामा अन्तिम बक्ताले बोल्न लाग्दा प्रहरीले सभालाई निषेध गरेपछि मञ्चबाट झर्ने अवस्थामा एक्कासी भएको बम हमलामा एक प्रहरी मारिए र ७ जना प्रहरीहरु घाइते भए । हमलापछि प्रहरीले गरेको दमनमा एक मजदुर मारिनुका साथै धेरै घाइते भए । कसले र कुन पक्षबाट हमला गरेको हो भन्ने विषयमा अहिलेसम्म पत्ता लागेको छैन ।

मजदुर आन्दोलनलाई दमन गर्न सरकारको लागि पर्याप्त मसला पुगे पछि प्रमाणविना नागरिक बर्दीमा प्रहरीले विभिन्न घर र कार्यालयबाट मजदुरहरुलाई धरपकड ग¥यो । हयेमार्केट घटनाकाण्डको विषयमा आरोपी आठजनामध्ये एकजनाले मात्र विरोधसभामा भाग लिएका मजद्र थियो, जो बम हमला भएको अवस्था मञ्चमा बसिरहेको थियो । तर अदालतले प्रमाणविनै यिनीहरुलाई मृत्युदण्डको घोषणा सुनाउँदै नोभेम्बर ११, सन् १८८७ सालमा अर्बट पार्हान, अगष्ट स्याइस, एडोल्फ फिशर र जर्ज एञ्जेललाई फाँसी दिइयो भने लोयुस लिङ्गले जेलमा आत्महत्या ग¥यो । तर सन् १८९३ सालमा आममाफी दिएर ओस्कार नीम, माइकल स्वेवाब र स्यामुयल फिल्डेनलाई रिहा गरियो । अमेरिकाले मजदुर दिवस रसियाको राजधानी मस्कोमा मात्र मान्ने गरेको भन्दै अमेरिकी मजदुरहरुलाई ढाँटिरहेर मे १ को इतिहास र महत्वलाई नगरअन्दाज गरिरहेको छ । हालैका वर्षहरुमा अमेरिकी साम्राज्यवादको आर्थिक मन्दीको बेलामा अमेरिकी जनताले पूँजीवादको विकल्प समाजवाद हुने ठहर गरेका छन् । र, अहिले कम्युनिष्ट घोषणापत्र र माक्र्सको पूँजी किताबको माग विश्वमा बढ्दो छ ।

माक्र्सवादको पराजय भएको र इतिहासको अन्त्य भएको प्रचार गरेको समयदेखि सगरमाथाको देश नेपालमा मजदुरहरुको आन्दोलन उभारमा रहेका छ । तर नेकपा (माओवादी) पनि चिरा परेकाले आन्दोलन उँभो लाग्न सकेको छैन । मे १ मजदुर आन्दोलनको मर्म र भावना आठ/आठ घण्टा मजदुरी, आराम र मनोरञ्जना मात्र होइन , श्रमशोषण र आर्थिक शोषणसँग पनि सम्बन्धित रहेको छ । वर्गहरुको कारणले गर्दा यस्तो स्थिति उत्पन्न भएकाले वर्गहरुको अन्त्यलाई पनि यसले जोडदार माग गरिएको छ । मजदुर दिवस दक्षिणपन्थीहरुले पनि आफ्नै किसिमले मनाउने गर्दछन् । उनीहरुको उद्देश्य सामाजिक सुरक्षाको माग वर्गसमन्वयवाद, टे«ड युनियनवाद र अर्थवादसँग सम्बन्धित हुन्छ । तर वास्तविक रुपमा मजदुर हक अधिकारलाई वर्गसमन्वयवाद, टे«ड–युनियनवाद र अर्थवादको विरोध गरेर मजदुर पक्षीय राज्यसत्ता स्थापना गर्नुनै मजदुरहरुको अभिभारा हुनुपर्छ ।

मजदुरको श्रम शोषण गरेर आफ्नो स्वर्ग बनाउने कुनै पनि राजनीतिक ब्यवस्थाले यो विषयमा मजदुरहरुलाई आकर्षित गर्न राम्रा नाराहरु दिने गरेका छन् । वर्गसङ्घर्षविना मजदुरहरुको पूर्ण मुक्ति हुन सक्दैन र वर्गहरुको समन्वय कहिले पनि हुन सक्दैन र हुनु पनि हुँदैन । कुनै पनि राजनीतिक पार्टीले दिने नारा भन्दा पनि मजदुरले बेचेको उसको श्रममा शोषण भएको छ कि छैन र उसले पाएको ज्यालाबाट उचीत रुपमा गाँस वाँस, कपास र स्वास्थ्यको प्रत्याभूत भएको छ कि छैन भन्ने विषयवस्तुनै प्रधान हो । मुक्तिविना सम्पूर्ण मजदुरहरुको हकअधिकार प्रत्याभूत हुन सक्दैन तर अहिलेको संक्रमणकालीन स्थितिमा गाँस, बास र कपासको उचीत ब्यवस्थापन गर्न सम्बद्ध पक्षले समयमै ध्यान दिन जरुरी छ ।

– उपेश महर्जन

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates