पानीले जनजीवन प्रभावित

वैशाख ९ गते ।
केही दिन देखि लगातार परीरहेको बर्षाका कारण राजधानी काठमाडौंसहित देशैभरको जनजीवन प्रभावित भएको छ । सडक बिस्तारका लागि भत्काईएका घर पर्खाल तथा खनिएका बाटाका कारण राजधानीका सडकमा हिडडुल गर्न समस्या भएको छ । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा पुननिर्माणका लागि भत्काईएका सडक अहिलेसम्म पनि मर्मत नहुदा सडकहरमा हिलाम्ये भएको हो । गएराति मात्रै काठमाडौंमा १४ दशमलव ८ मिलिलिटर पानी परेको छ । हिजो देशभरमा सबैभन्दा बढी भैरहवामा ४५ मिलिलिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायु प्रणाली र पूर्व मनसुन प्रक्रियाको कारण लगातार बर्षा भईरहेकोले मौसममा सुधार आउन अझै एक दुई दिन लाग्न सक्न महाशाखाले बताएको छ । यद्यपि, गर्मीसागै परिरहेको पानीको कारणले गहुाबाली, मकैबाली लगाएका किसानहरुलाई राहत भएको छ ।त्यसैगरी,े विद्युत उत्पादनको लागि आवश्यक पर्ने पानी संकलन भइरहेकाले केही मात्रामा लोडसेडिङ कम भएको छ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates