चार दलका नेता सम्राट हुन खोजे : किरण

काठमाडौं, चैत २६- नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले चार राजनीतिक दलका चार नेता नयाँ सम्राट हुन खोजेकाले समस्या थपिएको आरोप लगाएका छन्। उनले प्रमुख चार राजनीतिक शक्तिको कुनै संवैधानिक हैसियत नभएकाले उसले बोलाएको वार्तामा नजाने बरु उनीहरूसँग छुट्टाछट्टै राजनीतिक दलका हैसियतले वार्ता गर्नसक्ने बताए।
रेडियो मिर्मिरेको छैठौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले जनतालाई केन्द्रविन्दुमा राख्नुभन्दा पनि आफैंलाई केन्द्रविन्दुमा राखेर काम गरेका कारण उनीहरू सम्राटको मानसिकतामा रहेको बताए।

अध्यक्ष वैद्यले भने, "चार दलको आह्वान अस्वीकार्य छ, हाम्रो आन्दोलन अगाडि बढेको छ, त्यसकारण अब वार्ता गर्नुको कुनै अर्थ छैन र रहँदैन।" कार्यक्रममा सङ्घीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले नेकपा एमाले र नेपाली
काँग्रेस यथास्थितिवादी पार्टी भएको बताउँदै एमाओवादीले पनि परिवर्तनका लागि लडेको सेना नै विघटन गरेर गद्धारी गरेको आरोप लगाए।
उनले चार दलीय एकाधिकार तोड्नका लागि संविधान सभाको पुनःस्थापना वा गोलमेच सम्मेलनबाट विकल्प खोज्न आग्रह गरे। रासस

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates