त्रिभुवन विश्व विद्यालयको निर्वाचन समितिद्धारा राजीनामा

जेष्ठ १० काठमाण्डौं । त्रिभुवन विश्व विद्यालयको स्ववियु निर्वाचन समितिका ९ जना पदाधीकारीले राजीनामा दिएका छन् । तारा दत्त भट्ट सहितका पदाधीकारीले सामुहिक राजीनामा दिएका हुन् ।
विश्व विद्यालय प्रशासनसग‘ २ बुदे माग राखेको तर सुनुवाई नभएको भन्दै राजीनामा दिएको निर्वाचन समितिका सदस्यहरुले बताएका छन् ।
यसअघि स्वबियु निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न एकीकृत माओवादी निकट अनेरास्वबियु क्रान्तिकारी र एमाले निकट अनेरास्वबियुले फर्जी बिद्यार्थी भर्ना गराएको भन्दै नेकपा–माओवादी निकट अखिल क्रान्तिकारी सहितका बिद्यार्थी संगठनहरुले क्याम्पसमा तालाबन्दी गरेका थिए ।
निर्वाचन समितिका पदाधिकारीहरुले सामुहिक राजिनामा दिएपछि विद्यार्थीहरुले विश्व विद्यालय प्राङगणमा कोण सभा गरेका छन् ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates