खिलराज अतिथी भएको कार्यक्रम बारद्वारा बहिष्कार
नेपालको न्यायालय भारदारी सभाबाट स्वतन्त्र निकायको रुपमा स्थापित भएको
दिनको सम्झनामा वि.स २००८ देखि प्रत्येक वर्ष बैशाख २६ मा कानुन दिवस
मनाइन्छ ।
बारका अध्यक्ष हरिकृष्ण कार्कीले रेग्मीलाई अतिथीका रुपमा बोलाइएका कारण आफूहरुले कार्यक्रममा सहभागिता नजानएको बताए ।
'नेपालको न्यायालको स्वतन्त्रता फेरि भारदारहरुको चंगुलमा गएको अवस्था छ,'
उनले भने 'त्यसरी स्वतन्त्र न्यायालयलाई चंगुलमा पुर्याउने प्रमुख व्यक्ति
खिलराज रेग्मी अतिथी भएको कार्यक्रममा हामीले जानु उपयुक्त ठानेनौं । '
कार्यक्रम सर्वोच्च अदालत परिसरमा भएको हो । कार्यक्रममा राष्ट्रपति रामवरण
यादव, उपराष्ट्रपति परमानन्द झाको समेत उपस्थिति रहेको थियो ।
0 comments