आन्दोलन गरेर कार्की हट्दैनन् : दाहाल

Prachandaकाठमाडौ, वैशाख २६ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको बिरोध गरेर केही नहुँने दाबी गरेका छन् । उनले अदालत वा अब बन्ने संसद्ले मात्रै उनको सम्बन्धमा निर्णय लिनसक्ने बताए । 'कार्कीको नाम राष्ट्रपतिले स्वीकृत नगरेको भए झन् खतरा हुन्थ्यो', राजधानीमा आयोजित एक कार्यक्रममा दाहालले भने ।
विरोधका बीच विवादास्पद छविका कार्कीलाई अख्तियार प्रमुखको रुपमा राष्ट्रपति रामवरण यादवले बुधबार सथप ग्रहण गराएका थिए । संबैधानिक परिषद्ले आइतबार चार दललको सिफारिस बमोजिम उनको नाम राष्ट्रपतिकहाँ पठाएको थियो ।
अध्यक्ष पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखका लागि धेरै नाममा असहमति भएपछि लोकमान कार्कीको नाममा सहमति जुटेको दाबी पनि गरे । चारै दलले एक हप्ते लामो छलफल गरी कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गरेकाले यसमा विवाद गर्न नहुँने तर्क दाहालको थियो ।
वल्र्ड ट्रेड सेन्टरमा आयोजित राजनीतिमा महिला सहभागिता बिषयक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कार्कीको नियुक्ति सिफारिस चारै राजनीतिक शक्तिका चार नेताको सहमतिमा भएकाले एउटा पार्टीलाई मात्रै आरोप लगाउनु गलत भएको बताए ।
'दलका नेताबीच एक हप्ता लामो छलफलपछि कार्कीको नाम सिफारिस गरिएको हो', उनले भने, 'धेरै नाममा सहमति नभएपछि कार्कीको नाममा सहमति जुटेको हो ।' उनले चारै नेताले कार्कीको नाममा सहमति जनाएपछि आफूले उनको नाम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई बुझाएको बताए ।
'कार्कीको सिफारिश निर्णय मैले मात्रै गरेको होइन', उनले दाबी गरे,'चारै शक्तिका नेताले जानीबुझी उनको नाममा सहमति जनाएका हुन् ।'
कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफ्नो दलले महिला हिंसा गर्ने व्यक्तिलाई आगामी निर्वाचनमा उमेदवार नबनाउने घोषणा गरे ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates