शुक्रवार सर्वदलिय छलफल, वैद्य माओवादी सहभागी नहुने
काठमाडौं, २६ वैशाख । सरकारले शुक्रवार सबै राजनीतिक दलसँग निर्वाचनको मिति घोषणा लगायतका विषयमा सामुहिक छलफल गर्ने भएको छ ।
मन्त्रिपरिषदको विहिवार बसेको बैठकले छलफलका लागि शुक्रवारका लागि सर्वदलीय बैठक आह्वान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले केन्द्रीय बालकल्याण समितिबाट निर्देशक सिसम मल्ललाई हटाउने निर्णय गर्नुका साथै विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धी कानून बनाउने सैद्धान्तिक सहमति गरेको छ ।
त्यसैगरी द्वन्द्वकालमा हराएका र चोरिएका हातहतियार सम्बन्धी गृहमन्त्रालयबाट प्राप्त प्रतिवेदन छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय पनि भएको छ ।
त्यसैगरी एशियाली विकास बैकबाट ६ अर्व ५४ करोड ऋण अनुदान सहायता प्राप्त गर्ने विषयमा हस्ताक्षर गर्न वार्ता टोलीसमेत गठन गरेको छ ।
यसैबीच, वर्तमान सरकारले बोलाउने बैठकमा नेकपा–माओवादीले भने सहभागीता नजनाउने भएको छ । बर्तमान सरकार असंबैधानिक भएको भन्दै आन्दोलनरत नेकपा–माओवादी बैठकमा सहभागी नहुने केन्द्रीय सदस्य महेश्वर दाहालले जानकारी दिनुभयो ।

0 comments