हाम्रो नेतृत्वमा सरकार नबनी निर्वाचन हुँदैनः चन्द

काठमाडौं - नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लबले आफ्नो पार्टीको अध्यक्ष मोहन बैद्य किरण वा महासचिव रामबहादुर थापाको नेतृत्वमा सरकार नबनी कुनै पनि हालतमा मंसिर ४ गते संविधानसभाको निर्वाचन हुन नसक्ने ठोकुवा गरेका छन्।

रिपोटर्स क्लवका अनुसार एक टेलिभिजन अन्तर्वार्तामा उनले राष्ट्रपति, मन्त्रिपरिषद् अध्यक्ष, चारदल सबैसँग आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन सबैसँग वार्ता गर्न तयार रहेको बताए। 
चन्दले दावी गर्दै भने, 'हाम्रो पार्टीले परिवर्तनको नेतृत्व गरेकोले चुनावी सरकारको नेतृत्व पनि हाम्रै पार्टीले गर्न पाउनु पर्छ।'
चार दलले आफ्नो कुरा नमाने मुलुकमा जनविद्रोह हुने दाबी गर्दै सोही जनविद्रोहबाट मुलुकमा नौलो जनवादी क्रान्ति हुने र त्यसबेलामा हतियारको प्रयोग समेत हुने उनले चेतावनी दिए।
खिलराज रेग्मी नेतृत्वको सरकारले कुनैपनि हालतमा निर्वाचन गर्न नसक्ने भन्दै निर्वाचन स्थागित नगरे भाड्ने चन्दले स्पष्ट पारे।
उनले चुनाव भाडन र क्रान्तिकोलागि वास्तविक लडाकुलाई संगठित गरेकार ठूलो दस्ता निर्माण गर्ने स्पष्ट पार्दै सेना समायोजनको नाममा आत्मसर्मपण भएकोले बाहिर रहेका वास्तविक लडाकुलाई समेटने बताए। उनले भने, ' सरकारले यथास्थितिमा चुनाव गर्न खोजे प्रतिकार गर्छौं ।'

,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates