एमाओवादीबाट मधेसी मोर्चा बाहिरियो

संयुत्त लोकतान्त्रिक मधेसी मोर्चा एकीकृत नेकपा (माओवादी) नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक गठबन्धनमा नबस्ने भएको छ । विजुलिवजार स्थित तमलोपाको कार्यलयमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो । चुनावी तालमेल गरेर जादा मधेशी दलहरुको अस्थित्व नै संकटमा पर्न सक्ने ठहर सहित त्यस्तो निष्कर्ष निकालिएको श्रोतको भनाई छ । त्यसैगरी, उक्त बैठकले मतदाता नामावली संकलनका लागि एक महिना थप गर्न निर्वाचन आयोगसंग माग गरेको छ । बैठकले संविधानसभामा प्रत्यक्ष तर्फ ५८ र समानुपातिकतर्फ ४२ प्रतिशत एवं जनसंख्याको आधारमा तराईमा निर्वाचन क्षेत्र निर्धारण गर्न समेत माग गरेको छ

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates