३३ दलले आचारसंहिता देशभर जलायो

नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आगामी मंसिर ४ गतेका लागि तय गरिएको संविधानसभा निर्वाचन सम्बन्धि आचारसंहित जलाएको छ ।
मोर्चाले आज देशका सवै भागहरुका विरोधसभा गरी निर्वाचन आयोगको आचारसंहिता जलाएको हो ।
सरकार र चार दलीय संयन्त्रसाग सशर्त वार्तामा नबस्ने अडान लिएको ३३ दलले निर्वाचन बहिष्कार अभियान अन्तर्गत प्रतिकात्मक मतपेटिका फुटाएर आन्दोलनको शुरुवात गरिसकेको छ ।
सरकार र चार दलीय संयन्त्रले पटक पटक गरेको वार्ताको आह्वान सशर्त रहेको भन्दै अस्वीकार गरेको ३३ दललाई सरकारले हिजो पुन: वार्ताको लागि पत्र पठाएको छ ।
सरकारले निशर्त वार्ताका लागि हिजो पठाएको पत्रलाई भने माओवादीले विज्ञप्ती नै जारी गरि स्वागत गरेको छ । यसै विच काठमाडौाको स्वयम्भुमा पनि आचारसंहिता जलाएको छ ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates