निर्वाचनमा आउनको लागि वैद्यलाई कोइरालाको आग्रह

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यलाई निर्वाचनमा सहभागी हुनको लागि आग्रह गरेका छन् ।

आज कोइराला निवास महाराजगञ्जमा भएको भेटवार्तामा उनले यस्तो आग्रह गरेका हुन् । तर वैद्यले मंसिर ४ को निर्वाचनलाई स्थगित गरी नयाँ राजनीतिक सहमतिबाट अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् ।

नेकपा–माओवादी निर्वाचन विरोधी नभएको र दलीय सरकार गठन गरी सबै दलबीच नयाँ सहमतिबाट चुनाव गर्नुपर्ने वैद्यले बताएको भेटवार्तामा सहभागी माओवादी सचिव देव गुरुङले जानकारी दिए ।

नेकपा–माओवादी वार्ताद्वारा नयाँ प्रक्रियाको लागि सहमति गर्न सर्धै तयार रहेको जिकिर समेत वैद्यले गरेका थिए ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates