संस्कृति र राष्ट्रियताको सम्बन्ध के हुन्छ

ईश्वरचन्द्र ज्ञवाली

संस्कृतिको राष्ट्रिय जीवनको समग्रतालाई प्रतिविम्बित गर्दछ । यो कुनै राष्ट्रको एक तत्व मात्र होइन । सांस्कृतिक परिवर्तन भनेको पनि राष्ट्रिय जीवनको समग्रताको परिवर्तन हो । दस वर्षे जनयुद्धलाई हामीले समग्र परिवर्तनको आधार मानेका थियौं । तर आज आएर हेर्दा त्यो केही पनि परिवर्तन गर्न नसक्ने युद्धमा फेर्न लागिएको छ । न त देश सामन्तवादबाट मुक्त हुन सकेको छ, न भारतीय विस्तारवादको हस्तक्षेप र प्रभुत्वबाट । हाम्रो स्वाधीनता र स्वाभिमान यतिखेर नै सबभन्दा बढी संकटमा फसेको छ । देशको सिक्किमीकरण प्रक्रिया शुरु भएको छ । एकातिर विदेशीहरुको योजनामा कर्मचारीको नोकरशाही सरकार निर्माण गरेर लोकतन्त्र र दलीय प्रतिस्पर्धाको नीतिलाई धरापमा पारिएको छ । अर्कातिर विदेशीकै गुरुयोजना बमोजिम संविधानसभाको अर्को चुनावको घोषणा गरेर त्यसमार्फत् भारतीय विस्तारवादका दलाल, एजेण्ट र नोकरहरुको ठूलो पङ्तिm निर्वाचनमा विजयी गराएर देशलाई सिक्किमीकरण गर्ने प्रक्रिया अघि बढ्दैछ । त्यसको तयारी ११ बुँदे र २५ बुँदे बाधा अड्काउ फुकाउ मार्फत् शुरु गरिएको थियो । जसको एउटा महत्वपूर्ण पाटो हो, विदेशीलाई नागरिता वितरण गर्ने र तिनैको मतले दलालहरुलाई निर्णायक विजय प्रदान गर्ने । देशको सिक्किमीकरण प्रक्रिया, राष्ट्रिय अर्थतन्त्र भारतमुखी र भारत निर्भर तथा नियन्त्रित गर्ने विप्पा सम्झौताबाट शुरु भयो । देशका सीमाहरु मिचिएका छन्, सकिएका छन्, हडपिएका छन् । देशको जमीन दिनदिनै अतिक्रमित भइरहेको छ । देशका प्राकृतिक स्रोत, साधन, प्राकृतसम्पदामा भारतीय नियन्त्रण बढिरहेको छ । त्यतिले मात्र नपुगेर देशको सुरक्षासँग जोडिएको, राष्ट्रको मुटु मानिने एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत १५ वटा विमानस्थल भारतीय व्यवस्थापनलाई दिने निर्णय लगायत पशुपतिनगर र लुम्बिनीमा भारतीय अध्यागमन कार्यालय नेपाली भूमिमा निर्माण गर्न दिने सहमतिसम्म आउँदा देशको सार्वभौमिकता संकटमा पुगेको छ ।

त्यस्तै सामाजिक जीवनको पनि विदेशी नियन्त्रण कायम हुँदैछ । राज्यसत्तामा पार्टीका विदेशी दलाल र नोकरहरु, न्यायपालिकामा विदेशी दलाल र दासहरु, कर्मचारीतन्त्रमा नोकरशाही दलाल सरकारका अनुचरहरु, अर्थतन्त्रमा विदेशी औपनिवेशिक व्यवस्था, सामाजिक व्यवस्थामा विदेशी प्रभाव र प्रभुत्व, साँसर््कृतिक क्षेत्रमा विदेशी हस्तक्षेप र प्रभुत्व, व्यापार, व्यवसाय सबै विदेशीकै पकडमा, सीमा विदेशीको नियन्त्रणमा, सार्वभौम विदेशीकै हितमा, नदीनालाहरु र तिनमा बनिरहेका योजना पनि उनकै हित र स्वार्थमा, भाषा र धर्ममा पनि विदेशी हस्तक्षेप आदि विविध पक्ष केलाउँदा नेपाल वस्तुतः भारतीय अधीनतातर्फ अघि बढिरहेको छ । त्यसलाई वैधानिकता प्रदान गर्न रचिएको छ, चुनावको नौटंकी । जो विदेशकै गुरुयोजनामा आयोजना गरिएको हो । सबै मुख्य पार्टीका मुख्य नेताहरु जो चुनावको नौटकीका अभियन्ता हुन्– विदेशीकै इशारामा नाचिरहेका छन् । उनको गतिविधि लेण्डुप दोर्जेको तत्कालीन गतिविधिसँग धेरै कुरामा समानता राख्छ । उनका व्यवहारहरु सिक्किमलाई जसरी नेपाललाई पनि भारतमा समावेश गराउने गतिविधिसँग धेरै मिल्छन् । यसरी हेर्दा उनीहरु संविधानसभाको चुनाव गराएर त्यसको पहिलो बैठकबाट नेपाललाई भारतको अधीनस्थ बनाउने परिकल्पना गरिरहेका छन् भन्ने अनुमान गर्न सकिन्छ । मुलुकको अवस्था यस्तै रह्यो भने देशमा जनताले यसरी नै विदेशीका दलाललाई देशको सिक्किमीकरण गर्न साथ दिइरहे भने देशमा देशभक्त शक्तिहरुले छिट्टै कुनै एकीकृत पहल लिन सकेनन् भने देशको अस्तित्व अबका केही वर्षमा समाप्त भएर जाने स्थिति खडा भएको छ । यही अवस्थालाई हेरेर देशको सांस्कृतिक स्थितिलाई पनि केलाउनु पर्छ । देशप्रेम देशभक्ति स्वाधीनता, स्वाभिमान, स्वतन्त्रता र सार्वभौममिकतालाई माया गर्ने संस्कृति निर्माण तथा त्यसको बलिदान हुन पनि तयार रहने संस्कृतिको निर्माण आजको प्रमुख आवश्यकता हो । प्रत्येक नेपालीका नसानसामा, रगतका कणकणमा प्रत्येक धुकधुकी र प्राणमा देशप्रेम छचल्किने नेपालीपन, आफ्नो सार्वभौम स्वतन्त्रता र स्वाभिमानको शान प्रत्येक नेपालीका छातीमा, हृदयमा ओतप्रोत नहुने हो भने अब नेपालको अस्तित्व धेरै लामो समय नटिक्ने अवस्था सिर्जना गरिंदैछ । सत्तामा, राज्य संयन्त्रमा, सुरक्षा निकायमा, न्यायपालिकामा, सरकारमा, कर्मचारीमा, राजनीतिमा र तिनका प्रमुख सबै नेतामा, अर्थव्यवस्थामा, रोजगार र व्यवसायमा यतिखेर भारतीय विस्तारवादको नियन्त्रण, हस्तक्षेप, निर्देशन निर्णायक तहमा पुगिसकेको छ । कर्मचारी नियुक्ति समेत दिल्लीको निर्देशनमा हुन लागेको प्रमाण धेरै छन् । यस्ता धेरै नदेखिएका हाँगा विंगा छन् । भारतीय ्खुफिया एजेन्सी ‘र’ रात दिन आफ्नै प्र्रान्तमा झै काठमाडौं बसेर निर्देशन र खबरदारी गरिरहेछन् । यस बाहेक भौगोलिक क्षेत्रको अतिक्रमण जारी छ । देशका ७२ स्थानमा नेपालको एउटा जिल्लाको क्षेत्रफल भन्दा बढी जमिन लगभग ९४ हजार हेक्टर जमिन भारतले कब्जा गरिसकेको छ । सामाजिक रुपमा हेर्दा गाडी, एम्बुलेन्स, छात्रवृत्ति, विद्यालय भवन, बाटाघाटा, अदिका नाममा देशका कुनाकुनामा पुगिसकेको छ । करोडौंकरोड रकमविना प्रक्रिया सरकारलाई जनकारी नै नगराई स्वेच्छाचारी ढंगले जनतालाई बाँडेर तिनको गरिबी किन्ने मात्र होइन तिनको समवेदना र हृदय किन्ने काम पनि भारत गरिरहेछ । यसको प्रत्यक्ष उदाहरण हो वीरगञ्जमा राखिएको भारतीय वाणिज्य दुतावासको गतिविधि, जसले बर्सेनी गरिव जनतालाई करोडौं रकम विना जानकारी बाँड्ने गर्छ । जनतालाई आफूप्रति आभारी बनाउँछ । आश्रित बनाउँछ । सांस्कृतिक रुपले हेर्दा पनि भारतीय हस्तक्षेप यति जब्बर छ कि त्यो पार गर्न धेरै कठिन छ । पाठ्यपुस्तक भारतीय, शिक्षामा उसको ठूलो प्रभाव विस्तार, स्कूलहरु र क्याम्पसमा ‘भारत महान १ तिरंगा झण्डा १ र ‘जनगण’राष्ट्रिय गान १ पठनपाठनले पारेको प्रभाव जबर्जस्त छ । भाषाको हस्तक्षेप, गीत, फिल्म, पुस्तक, टिभी च्यानलहरुबाट मात्र होइन सम्पर्क भाषाको मागबाट पनि गरिंदै छ । सामाजिक रीतिस्थिति र रिवाजमा भारतीय हिन्दु धर्मको दवाव र प्रचारले भारतीय जीवनशैलीको विस्तार पारेको प्रभाव गहिरो छ । यसरी आर्थिक, राजनैतिक, सामाजिक, भौगोलिक, सांस्कृतिक सबै रुपले विस्तारवाद नेपालमाथि हस्तक्षेप जारी राख्दैछ र दलका नेताहरु त्यसको मनोकामना पूरा गर्दैछन् । लोकतन्त्रको नाममा जनताको अधिकारका नाममा, खुल्ला समाजका नाममा नै सिक्किम भारतमा विलय भएको थियो । यस्तो भयो सिक्किममा प्रजातन्त्र भर्सेस राष्ट्रियता अर्थात प्रजातन्त्र राज्ने हो भने राष्ट्रियता विरुद्ध उभिनैपर्ने । नेपालमा पनि लोकतन्त्र राष्ट्रियताका विरुद्ध उभिदैं छ । राष्ट्रियताको कुरा गर्दा त्यो भारतविरोधी मानिन्छ, लोकतन्त्रविरोधी मानिन्छ, खुला समाज विरोधीको निरंकुशताका पक्षधर मानिन्छ । देशप्रेम, देशभक्ति र राष्ट्रियता यस्तो लाग्छ लोकतन्त्रमा अटाउँदैन अथवा लोकतन्त्र राष्ट्रियता, सार्वभौमिकता विरोधी पद्धति हो । लोकतन्त्र र खुल्ला बहुदलीय समाज रोज्ने हो भने राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता विसर्जन गर्नै पर्छ । सायद त्यसैले राष्ट्रियता प्रेमीलाई राजावादी वा सोसँग नजिक मान्ने भ्रम सिर्जना गरिएको छ र राष्ट्रियताका कुरा गर्नु प्रतिगमन र मण्डले राष्ट्रवाद भन्न थालिएको छ । एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहलाई गाली गरेर मात्र लोकतन्त्रवादी भइने आजको विकसित धारणाले देश खण्डखण्ड, चुर्णचुर्ण विभाजित र विखण्डित नै राख्नुपर्ने आशय दिन्छ वा यसको अस्तित्व समाप्त भइसक्नुपर्ने थियो भन्ने धारणाले अस्तित्व राख्नेछ । के देश टुक्राटुक्रा सामन्ती राजा रजौटाकै मौजा भइरहेको भए स्वतन्त्र रहनसक्थ्यो रु के एकीकरण नभएको भए नेपाल भन्ने कुनै देश रहन्थ्यो रु त्यसकारण पृथ्वीनाराण्ण शाहलाई सरापेर मात्र लोकतन्त्रवादी भइरहन सकिन्न । मण्डले राष्ट्रवाद फलाकेर मात्र लोकतन्त्र हुन पनि सक्दैन । लोकतन्त्रको नाममा दिल्लीमा पाउमा लम्पसार पर्नु, लोकतन्त्रको जप रटेर दिल्लीको प्रिय पक्षधर रहनु, राष्ट्रियता प्रेमका कुरा गर्दा भारत विरोधी मानिनु, आफ्नो देशको हित र स्वार्थमा अडान लिंदा, भारतको विरोधी ठानिनु गलत छ । यस्तो सन्देश दिनुले देशमा फेरि निरंकुशताको आव्हान गर्छ । हुनुपथ्र्यो लोकतन्त्रवादीहरु नै सच्चा देशप्रेम, स्वाभिमान र स्वाधीनताका पक्षधर हुन् । तर विगत ८ वर्षमा त्यस्तो भएन । वस कथित लोकतन्त्रको दुहाइ दिने प्रजातन्त्रका ठेकेदारहरुले नै देशमाथि आधा दर्जन भन्दा बढी नेपाल र नेपाली जनता विरोधी राष्ट्रघाती सन्धिहरु लादे । जलस्रोत र नदीहरुमा असमान सम्झैता गरे । सीमा अतिक्रमण र कब्जा गदा मौन बसेर विस्तारवादलाई खुसी राखे । देशलाई विस्तारवादकै आश्रित र परजीवी बनाउने खेल खेले । उसकै निर्देशन, नियन्त्रण, योजनामा सञ्चालित भए । उसकै पाउ भक्तिमा समर्पित हुन कहिले द्वारिका होटलमा दर्शनार्थीको भीड लागे । कहिले दिल्ली धाममा प्रभुको दर्शन गर्न लाइन लागेर पुगे । खुफिया एजेन्सीसँग गोप्य भेटघाट, साँठगाँठ र सहमति गर्दै देशलाई अस्थिरता, अराजकता, अव्यस्थातर्फ धकेली रहे । राष्ट्रघात र देशद्रोहको मुद्दामा सँधै एक ठाउँमा उभिने पहलहरु राष्ट्रियता निकासको मुद्दामा सँधै विपरीत दिशामा उभिएर झगडा गर्न व्यस्त भए । राष्ट्रको भविष्य निर्माण गर्ने, जनताका समस्या समाधान गर्ने देशलाई प्रगति अग्रगमनतर्फ लैजाने मूल मर्मका मुद्दामा सँधै विपरीत रहने र कलझगडा गरेर दिन काट्ने संसदीय दलहरु जब विस्तारवादको पाउभक्ति गर्ने र भारतीय हित र स्वार्थ पूरा गर्ने सम्झौताहरु गर्ने बेला आउँछ, कसरी एकमत हुन सक्छन् । अचम्म लाग्छ । यो दलाली र दासताको पराकाष्ठा हो । स्वाभिमान र सावैभौमिकता विरुद्धको अभियान हो । हो मुटुमा ढ्याङग्रो ठोक्ने काम केही हत्याकाण्डहरुले गरे । दरबार हत्याकाण्डदेखि, जमिम शाह र फैजान अहमद तथा न्यायधीश बम हत्याकाण्डसम्म आउँदा या युसुफ अन्सारी ९मुस्लिम भएका कारण भारत विरोधी०को गोलीकाण्डसम्म आउँदा भारतको दलाल नहुनु ज्यान जोखिममा पार्नु हो भन्ने सन्देश भारतले दिएकै हो तर धेरै वैदेशिक हस्तक्षेप भित्रयाउँदा यस्तो हुने रहेछ भन्ने सकारात्मक सन्देश लिएको भए पनि हुन्थ्यो । अथवा राष्ट्रिय सुरक्षाको प्रश्नसँग ती काण्डहरुलाई जोडेको भए पनि हुन्थ्यो, त्यस्तो भएन अधिकांश नेपालमा भएका फिरौती, अपहरण, हत्या डकैती, गोलीकाण्डहरुमा भारतीय नागरिककै संलग्नता प्रमाणित भइसके पनि भारतको दलाली गरेर बाँच्ने सोंच्नुभन्दा राष्ट्रिय सुरक्षा नीति बनाउने र विदेशी नागरिकको ठेगान व्यवस्थापन र निगरानी गर्ने पद्धतितर्फ लागेको भए हुन्थ्यो । वर्क परमिट र परिचय पत्रको व्यवस्था गरेको भए हुन्थ्यो । लगानी र व्यवसायमा संलग्न भारतीयहरुमा क्रियाकलापमा निगरानीको नीति बनाएको भए हुन्थ्यो तर यहाँ त उल्टै देशको मुटु –त्रि९बि विमान स्थलहरु० नै विदेशीलाई लिजमा दिने प्रपञ्च गरियो । राष्ट्रिय अस्मिता नै धरापमा पार्ने काम भयो । खुल्ला सीमाका कारण भारत आफ्नो सुरक्षामा चिन्तित छ भने त्यही कारण नेपालको सुरक्षामा चिन्तित हुनुपर्ने होइन । तर होइन दलाल र देशद्रोही शक्तिहरु नेपालको अस्तित्व नै मेटाउने अभियानमा संकल्पित देखिन्छन् । जब राष्ट्रको अस्तित्व मेटाउन लागि परेका छन् भने सुरक्षाको प्रश्न, स्वाधीनताको प्रश्न उठ्ने कुरै भएन । त्यसैले पर्दाविहीन नाटक हो –चुनाव । यो चुनावपछि देशको अस्तित्व परदेशीलाई सुम्पिने प्रक्रियाको थालनी हुनेछ भन्नेमा द्विविधा छैन । लक्ष्यहरुले गतिविधिहरुले त्यही देखाइरहेका छन् । त्यसैकारण नै हामीले सबै देशभक्त, राष्ट्रवादी शक्तिहरु एकै ठाउँ उभिन आव्हान गरेका छौं । हजारौंहजार वर्ष पुरानो नेपालको इतिहास जो भारतको भन्दा पुरानो छ– यहीं आएर मेटिन दिनु हुन्न । एउटा चुनावको मूल्य राष्ट्रिय अस्मिता तिलाञ्जली दिन सकिन्न । चुनावहरु त भइरहन्छन् देश रह्यो भने । पार्टीहरु पनि रहिरहन्छन्– देश रह्यो भने । लोकतन्त्र पनि आइरहन्छ देश रह्यो भने । संविधान पनि बन्ने नै छ देश रह्यो भने । तर देश नै समाप्त पारियो भने न हामी नेपाली रहन्छौं, न त दल, न चुनाव, न संविधान, न लोकतन्त्र यसर्थ एउटा कथित लोकतन्त्रको नाममा, चुनावको नाममा, संविधानसभाको नाममा राष्ट्रको अस्मिता समाप्त पार्न दिनु हुन्न । हाम्रो संस्कृति पनि त्यसै अर्थमा जोगिन सक्छ । संस्कृति र राष्ट्र जोडिएका छन्– राष्ट्रविनाको संस्कृति जोगिन सक्दैन । 
अब अलिकति आफै बारेमा चर्चा गरौं । नेकपा–माओवादी राष्ट्रिय स्वाधीनताको दृढ पक्षधर भएर उभिएको छ । नयाँ जनवादी राज्यसत्ताको स्थापनाले मात्र नेपालको अस्तित्व जोगिनसक्छ भन्ने उसको मान्यता छ । भारतीय विस्तारवादको विस्तारवादी नीति सच्चिनु पर्छ र असल छिमेकीमा फेरिनु पर्छ भन्ने उसको मान्यता छ । सबै असमान सन्धिहरु सहमतिमा फेरिनु पर्छ र भारत नेपालबीच पञ्चशीलको सम्बन्ध कायम गरिनु पर्छ । समानता, न्याय र परस्पर समान हितका आधारमा सम्झौता गरिनु पर्छ । सीमा अतिक्रमण रोकी अतिक्रमित भू–भाग फिर्ता गरिनु पर्छ । आन्तरिक मामिलामा हस्तक्षेप बन्द हुनुपर्छ । भारतको छातामुनीको प्रभुत्व फिर्ता गरिनु पर्छ । आन्तरिक मामिलामा हस्तक्षेप बन्द हुनुपर्छ । भारतको छातामुनिको प्रभुत्व लादिन हुन्न भन्ने मान्यता छ । त्यसो भन्नु भारतको विरोध होइन । स्वाभिमानको पहिचान हो तर हामीभित्र पनि ऊ पस्न खोजिरहेको छ । हामीमा फुट र विभाजन ल्याउने जमर्को गर्दैछ । व्यक्तिवादी अवसरवाद र अवस्तुवादी दृष्टिकोण हुल्न प्रयास गर्दैछन् । भावनात्मक र आवेगात्मक चेतनाका माध्यमबाट राष्ट्रिय एजेण्डा कमजोर पार्न चाहन्छन् । कसैलाई यही अर्थमा आफ्नो बनाउन सकिने नीति अबलम्बन गर्दैछ । विचारले, कार्यदिशाले हराउन नसक्ने देखेपछि फुट, विभाजन, विखण्डनको प्रयोग गर्नु साम्राज्यवादीको नीति नै हो । साम्राज्यवादले तरल अवस्थामा सबभन्दा क्रान्तिकारी आदर्श, नारा र बाटोको समेत प्रयोग गरेर केही मानिसलाई प्रवृत्तिका रुपमा विकसित गर्ने योजना बुन्नु स्वाभाविक हुन्छ तर क्रान्तिकारीहरु त्यसैबाट जोगिन जरुरी छ । नेकपा –माओवादीले विस्तारवादका दलाल र दासहरु विरुद्ध गर्दै आएको भण्डाफोरको वैचारिक प्रहारलाई जनतामा अहिले गम्भीर र सकारात्मक प्रभाव परेको छ । देशको माहौल राष्ट्रभक्ति र देशप्रेमको प्रभाव विस्तारमा तयार हुँदैछ । माओवादीका मागहरुमा जनताको समर्थन बढ्दै छ । सही र क्रान्तिकारी पार्टीका रुपमा, देशभक्त शक्तिको रुपमा यो स्थापित भइरहेछ । यसैकारण विस्तारवाद छटपटिन थालेको छ । त्यसैले ऊ हामीभित्र पेनिट्रेट हुन खोज्दैछ । यसबाट सचेत बनौं । गुट, फुट, अनेकता ल्याउने षड्यन्त्रबाट जोगिएर अघि बढे भविष्य माओवादीको हातमा आउन सक्छ । अस्तु ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates