अबुधावीमा जनप्रगतिशील मोर्चा युएईको क्षेत्रिय समिति विस्तार
साहस न्यौपाने, अबुधावी । युएईको अबुधावी
शहरमा नेपाली जनप्रगतिशील मोर्चा युएईको अबुधावी क्षेत्रिय समितिको गठन
भएको छ । मोर्चाका केन्द्रीय उपाध्यक्ष समरबहादुर खत्रीको प्रमुख अतिथ्यता
तथा केन्द्रीय सदस्य रामशरण कडरियाको उपस्थितिमा अबुधावीमा हालै भएको
भेलाले ४ सदस्यपछि थप्ने गरि गणेश लम्सालको अध्यक्षतामा १५ सदस्सीय
क्षेत्रिय समितिको गठन गरेको हो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि समर बहादुर खत्रीले
बर्तमान समयमा नेताहरुले देशलाई सिक्किमीकरण गर्नको लागि चुनावको नाटक
गरिरहेकाले मुक्तिकामी शक्तिहरु मिलेर ध्वस्त गर्नुपर्ने विचार व्यक्त
गरेका थिए । भने नेपाली जनप्रगतिशील मोर्चा युएईको केन्द्रिय सदस्य रामशरण
कडरियाले नेपालका सवै राजनैतिक दलहरुको विस्तारवादी दलालको रुपमा पतित
हुदै गएकोले एकमात्र देशभक्त र राष्ट्रवादी शक्तिको रुपमा रहेको
नेकपा(माओवादीलाई सहयोग तथा समर्थन गर्नुको विकल्प नरहेको भनाई राखेका थिए
0 comments