नेपाली जनप्रगतिशिल मोर्चा कुवेतको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण सम्पन्न।

कुवेत साउन १९
नेपाली जनप्रगतिशिल मोर्चा कुवेतले हिजो आफ्ना सदस्यहरु विच भेटघाट तथा प्रशिक्षणको कार्यक्रम सम्पन्न गरेको छ स्थापानाकालको छोटो समयमा नै मोर्चाले यस प्रकारको कार्यक्रम सम्पन्न गरेको हो । कुवेतको फाहिल स्थित होटल रोयल मुगलाईमा आयोजना गरीएको कार्यक्रममा चालीस भन्दा वढि माओबादी आस्थावान सदस्यहरुको उपस्थिति रहेको कुरा कुबेत बाट खबर प्राप्त भयको छ ।
तोकीएकै समयमा शुरु भएको कार्यक्रममा कुवेतको विभिन्न एरिया बाट सहभागिता रहेको थियो । मध्यपुर्व समन्वय समितिका सदस्य राजन रिमालको प्रमुख आतिथ्यता तथा मोर्चाका वरिष्ठ सल्लाहकार सन्त वहादुर थापाको उपस्थिति रहेको थियो भने सहिद परिवारको तर्फबाट मोर्चाका महासचिव तथा पुर्व लडाकु दीपक विष्ट लाई सम्मान गरिएको थियो ।
मोर्चाका सदस्य देवराज अधिकारीले स्वागत मन्त्वय ब्यक्त गरेको कर्यक्रममा महासचिव विष्टले प्रसिक्षण दियका थिय प्रसिक्षणको क्रममा बोल्दै बिस्टले पार्टीको निर्णय अनुसार’जनयुद्दको जगमा जन विद्रोह’हामी सवै मिलेर गर्नु पर्ने कुरामा जोड दिय भने त्यस्तै अर्का अतिथि राजन रिमालले कुवेतमा देखिएका विसंगति र नेपाली कामदारहरुको समस्याको बारेमा प्रकाश पारेका थिय ।

कार्यक्रममा उपस्थित सहभागीहरु मध्यबाट १२ जनाले हिजो नै मोर्चा प्रवेश गरेका थिय भने जनप्रगतिशिल मञ्च बाट अर्को पार्टीमा गएको भनेर भनिएका सदस्य ढोलज गिरी पनि आफु मोर्चामै रहेको अर्को पार्टीमा नगएको र आफुलाई सामाजिक काममा धेरै रुचि रहेको भन्दै मोर्चाको तर्फ बाट सामाजिक काम हरुमा पनि हात हाल्न पर्ने विचार विचार ब्यक्त गरेका थिय । नयाँ प्रवेशिहरुलाई मोर्चाका अध्यक्ष र महासचिव बाट खादा ओडाएर स्वागत गरियको थियो ।
अन्तम मोर्चाका सल्लाहकार सन्त थापाले कार्यक्रममा सहभागी सवैलाई कोहि पनि मान्छे आस्थाविहिन हुदैन त्यसैले कुन सहि र कुन गलत भन्ने कुरा आफैले मुल्याङकन गर्नु पर्छ भन्दै नयाँ प्रवेशिहरुलाई शुभकामना दियका थिय भने मोर्चाका सचिव हेमराज उपाध्याले सञ्चालन गरेको उक्त कार्यक्रम साँझको खाना पिना पछि अध्यक्ष घिमिरेले समापन गरेका थिय ।
source: suchanakendra

,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates