छिः अझै लाज लाग्दैन ! (सम्पादकीय)

दसवर्षे जनयुद्धलाई क्रमशः निस्तेज तुल्याउँदै अन्ततः समाप्त पार्ने घटना शृङ्खलाबाह्रबुँदेदेखि जनसेनाको बिलयसम्मका सम्पूर्ण घटनाक्रम भारतीय गुरुयोजनाअनुसार अघि बढिरहेको कुरा आज सर्वसाधारण जनतासम्मले छर्लङ्गै बुझिसकेका छन् । नेपाललाई सधैंभरि निकास विहीनतामा फसाएर कमजोर आन्तरिक परिस्थितिको नाजायज फाइदा उठाउन तल्लिन भारतीय विस्तारवाद नेपालका सानाभन्दा सानादेखि सबैभन्दा ठूला घटनाक्रम र निर्णय प्रक्रियामा हावी हुँदै गइरहेको छ । उसको यो स्थिति बुझ्दाबुझ्दै पनि नेपाली जनता र नेपाल राष्ट्रलाई भड्खालोमा हाल्दै सधैं उसैका निर्देशन शिरोपर गरिरहेका एमाओवादी, काङ्ग्रेस, एमाले र मधेशी मोर्चाका नेताहरूलाई अब त लाज पनि लाग्नुपर्ने हो नि ! छिः अझै पनि लाज लाग्दैन ?
संसदीय व्यवस्थालाई यथावत कायम राख्ने उद्देश्यले नेपाली जनताले २०५२ सालदेखि १० वर्षसम्म हतियार उठाएका होइनन् । जनयुद्ध थालनी गर्दाको प्रमुख नारा थियो– “प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त पार्दै नयाँ जनवादी गणतन्त्रको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं !वर्तमान सम्झौताको चरणमा सोझै जनवादी गणतन्त्र सम्भव नभए तापनि नयाँ जनवादभन्दा एक स्टेप तलको र ०४७ साले संसद्वादभन्दा एक स्टेप प्रगतिशील व्यवस्थाबारे दलहरूबीच हुदै आएको सहमति तोडिनु नै वर्तमान अन्योलता, अराजकता र सम्भावित भीषण टकरावपूर्ण द्वन्द्वको मूल कारण हो भन्ने कुरा दिनको घाम झैं छर्लङ्ग छ । के प्रचण्डबाबुराम, सुशीलशेरबहादुर, झलनाथमाकुने र गच्छदारमहन्थहरूले यो यथार्थतालाई नबुझेका हुन् ? त्यसो त कदापि हुन सक्दैन । यस मानेमा उनीहरू जानीबुझीकनै मुलुकलाई फेरि रक्तपातपूर्ण टकरावमा फर्काउन चाहन्छन् र देशलाई झन् बढ्ता विदेशी प्रतिक्रियावादीहरूको क्रीडास्थल बनाउन चाहन्छन् भन्ने कुरा स्पष्ट छ ।
संविधानसभाको दोस्रो निर्वाचन गराउने नाममा मुलुकमा सिर्जना गरिएको टकरावपूर्ण स्थितिको सहज समाधानका लागि नेकपामाओवादी र ऊसम्बद्ध ३३ दलीय मोर्चाले आफ्ना माग र एजेन्डामा हदैसम्मको लचकता अपनाएर बनाउँदै लगेको सहमतीय वातावरण पनि विदेशीकै योजना र निर्देशनमा भाँडिन पुग्नु दुःखद् विडम्बना भएको छ । जनताका एजेन्डा पूराका पूरै छाडेर अनि मुलुकलाई संसदीय फाँसीवादभन्दा पनि तलको निर्दलीयतामा फर्काउने कुरालाई स्विकारेर त माओवादीले कदापि सम्झौता गर्न सक्दैन र गर्नु पनि हुँदैन । यसो भएपछि गोलमेचसभा भाँडिनुको सोझो अर्थ के हुन्छ ? स्पष्टै छजनताको प्रतिरोध । त्यसलैे ढिलै भए पनि यथास्थितिवादीहरूको बुद्धि फिर्नु जनताका निम्ति पनि सहज विकल्प हुन सक्छ अनि स्वयं उनीहरूकै लागि समेत लाभदायक । नत्र, भीरमा जाने गोरुलाई त कसैले पनि काँध थाप्न सक्दैन क्यारे ! नजितुन्जेल प्रतिरोध गरिरहनु जनताको आधारभूत चरित्र हो भन्ने कुरा कम से कम प्रचण्डबाबुरामहरूलाई त थाहै होला ।
Source : Janajibro Rastriya Saptahik

2 comments

यो लेख जनजिब्रो साप्ताहिक, वर्ष- १९, अङ्क- ६, १४ भदौ, २०७० मा मैले (केदारनाथ गौतम) ले लेखेको हो । तपाईंको अनलाइनमा यो समग्री प्रकाशित हुँदा हामी अत्यत्यन्तै खुशी र आभारी छौं तर कृपया स्रोत खुलाइदिन भने नबिर्सनुहोला/कन्जुस्याइँ नगरिदिनुहोला ।

यो लेख जनजिब्रो साप्ताहिक, वर्ष- १९, अङ्क- ६, १४ भदौ, २०७० मा मैले (केदारनाथ गौतम) ले लेखेको हो । तपाईंको अनलाइनमा यो समग्री प्रकाशित हुँदा हामी अत्यन्तै खुशी र आभारी छौं तर कृपया स्रोत खुलाइदिन भने नबिर्सनुहोला/कन्जुस्याइँ नगरिदिनुहोला ।

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates