छाडिदिने कि अब साँढे दुहुने प्रयास ? (सम्पादकीय)
चैत १ गतेदेखि आजसम्म जारी प्रयासबाट कथित चार दलका स्वघोषित शीर्ष नेताहरू दूध दिने गाई नभएर लात्ती हान्ने साँढे मात्र हुन् भन्ने कुरा स्पष्टै भइसकेको छ । विदेशीको इशाराविना उनीहरू न त एक पाइला दायाँबायाँ सर्छन्, न त एक पाइला अघिपछि । जे-जस्तो 'रेडियो वेभ' प्राप्त हुन्छ उनीहरूको 'सेन्सर
डिभाइस' मा दिल्लीको रिमोट कन्ट्रोलरबाट- त्यसैत्यसै गर्छन् तिनीहरू
। कुकुरको पुच्छर झैं वर्षौंवर्षसम्म ढुङ्ग्रोमा
राखेर फुत्त झिकिदियो-
फनक्क घुमिहाल्छन् यिनीहरू
। यिनीहरू गाई त होइनन् नै गोरु समेत पनि होइनरहेछन् । गोरु त बरु गुणैगुणले युक्त, मानवसेवी अथवा जनसेवी हुन्छन्, परिश्रम
गर्छन्, आफू पनि खान्छन् र आफूभन्दा बढ्ता जनतालाई नै पाल्छन् । हामीकहाँका कथित शीर्षहरूलाई त असनको साँढेसँग मात्रै
तुलना गर्न सकिन्छ ।
हो, असनका साँढेहरूले दूध त दिँदैनन्, दिँदैनन्- मरिसकेपछि
पनि सीनो बनेर गन्हाउँछन्; दुनियाँलाई सताउँछन्,
सडाउँछन्, बिरामी पार्छन्
र ज्यानै लिन समेत बेर लगाउँदैनन् । न तिनको मासु काम लाग्छ, न त आँशु; न त गहुँत काम लाग्छ, न त हाडछाला नै । बाँचुन्जेल त धेरैलाई नै सताए-सताए, मरेपछि समेत सुख नदिने साँढेहरूबाट 'झर्ला र खाउँला' को आशा धेरै दिन साँचिरहनु एकातिर बुद्धिमत्तापूर्ण काम पनि होइन भने अर्कातिर स्वास्थ्यका लागि समेत हानिकारक विषय हो । यो कुरा कसैले भनिरहनुपर्ने र नाराजुलुस गरिरहनुपर्ने विषय होइन । त्यसैले, सबै मिलेर भनौं- अब त छाडिदेऊ साँढे दुहुने
निरर्थक प्रयास !
(जनजिब्रो साप्ताहिक, ४ असोज, २०७० बाट)
0 comments