नेपाली जनप्रगतिशील मोर्चा, युएईको विशेष भेला सम्पन्न

उत्तम बिक
दुबई । नेपाली जनप्रगतिशील मोर्चा युएईले यही ७ नोभेम्भर २०१४ शुक्रबारका दिन दुबईमा बिशेष भेला सम्पन्न गरेको छ ।

देश र जनताको लागि जीवनोत्सर्ग गर्ने ज्ञातअज्ञात सहिदहरु प्रति श्रद्धाञ्जली सहित सुरुभएको कार्यक्रमको आतिथ्यता मोर्चाका प्रमुख सल्लाहकार हरि नेपालीले गरेका थिए । मोर्चाका कार्यबाहक अध्यक्ष समर खत्रीको अध्यक्षतामा सम्पन्न भेलाको संचालन सचिव काशी काफ्लेले गरेका थिए । विभिन्न क्षेत्रिय समितिका प्रगति प्रतिवेदन प्रस्तुत गरिएको सो कार्यक्रमलाई मोर्चाका सचिव रामशरण कडरियाले स्वागत मन्तव्य राखेका थिए । मोर्चाका महासचिव छक बुढा द्धारा राखिएको सांगठनिक प्रतिवेदन तथा कार्यवाहक अध्यक्ष खत्रीद्धारा प्रस्तुत राजनैतिक प्रतिवेदन भेलाले छलफल पश्चात एकमतले पारित गरेको थियो ।
मोर्चाको विशेष भेलाले एक सदस्य पछि थप्ने गरि काशी काफ्लेको अध्यक्षतामा २३ सदस्सीय केन्द्रिय समितिको समेत चयन गरेको छ । जसको उपाध्यक्षमा रामशरण कडरिया र मनोज काउचा, महासचिवमा प्रिथी छक बुढा, सचिवमा उत्तम वि.क र गणेश लम्साल, कोषाध्यक्षमा विचारी लामिछाने, सहकोषाध्यक्षमा विर्ख लिम्बु तथा प्रवक्तामा विश्वास चन्द ठकुरी रहेका छन् । त्यसैगरी सदस्यहरुमा यम सारु मगर, चित्र थापा, नारायण खनाल, नेत्र कुमार लामा, इन्द्र सिन्चुरी, रामु गौडेल, शर्मिला थापा, नारायण पाठक, श्रवण के.सी.कैलाश पुन, हिक्मत रोका, ज्ञानु कर्मा र राम मगर रहेका छन । त्यसैगरि भेलाले हरि नेपाली, रमेश गिरी, साहस न्यौपाने, समर खत्री र गोकर्ण ओझा रहेको पाच सदस्सीय सल्लाहकार समितिको समेत चयन गरेको छ ।

नव निर्वाचित कार्यसमितिलाइ बधाई तथा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका अतिथि हरि नेपालीले प्रवासी मजदुरहरुको हकहितका लागि  मोर्चाले उल्लेखनीय भूमिका खेल्ने अपेक्षा राखेका थिए । त्यसैगरी नब निर्बाचित अध्यक्ष काशी काफ्लेले मोर्चालाई सबै तह र तप्कासग सहकार्य गर्दै उच्च मनोबलका साथ अगाडी बढाउने प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रमका अध्यक्ष समर खत्रीले भेलाको समापन गर्दै मोर्चालाई जागरुक बनाउन नया समितिले विशेष भुमिका खेल्ने अपेक्षा सहित शुभकामना दिएका थिए ।

, , ,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates