नेकपा–माओवादीसँग अरु दुई पार्टी मिसिँदै

काठमाडौ, पुस २४नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले तीन कम्युनिस्ट पार्टी एकीकरणको अन्तिम चरणमा पुगेको बताएका छन् । सँगै मिलेर द्वन्द्व गरेका मणि र परी नेतृत्वको माओवादीसँग एकीकरण अन्तिम चरणमा पुगेको छ,” उनले भने – “एमाओवादीका दोस्रो तहका नेताहरु समेत हामीसँगै एकीकरण प्रयासमा छन्, नेतृत्वको कारण हुन सकेको छैन ।
पछिल्लो एक हप्तादेखि रोल्पा, प्यूठान, रुकुम र दाङमा जिल्लास्तरका कार्यकर्तालाई प्रशिक्षण दिँदै आएका महासचिव बादलले बुधबार प्यूठानको विजुवारमा एमाओवादीका महासचिव कृष्णबहादुर महरासँग पनि आफूले पार्टी एकीकरण र वामपन्थी पार्टीको एकता केन्द्र स्थापना गर्ने विषयमा छलफल गरेको बताए ।
एमाओवादी पनि संविधानसभामा पेलिएको छ,” उनले भने – “अब सबै एकै स्थानमा आउनुपर्ने समय आएको छ ।पार्टी एकीकरणका विषयमा धेरै समय खर्चेका नेता बादलले केही समय पहिला विभाजित भएको नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लबको अलग्गिने निर्णयलाई आवेगको गल्तीसंज्ञा दिएका छन् ।
संविधान निर्माणको एक फरक प्रसङ्गमा उनले माघ ८ मा संविधान नबन्ने दाबीसमेत गरे । राष्ट्रिय सम्मेलनबाट मात्रै संविधान निर्माण हुन्छ,” उनले भने – “राष्ट्रिय सम्मेलन गर्ने हो भने अझै पनि समय छ ।जिल्लास्तरमा ३० जनाभन्दा धेरै कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले संविधानसभाले द्वन्द्वका मुद्दालाई सम्बोधन गर्न नसक्ने समेत बताउनु भएको प्रशिक्षणमा सहभागी नेकपा माओवादीका जिल्लास्तरका एक नेताले जानकारी दिए ।

द्वन्द्वको समयमा सशक्त भूमिका खेलेका माओवादी नेताहरु कृष्णबहादुर महरा, रामबहादुर थापा र नेत्रविक्रम चन्द अहिले प्यूठान, रोल्पा र दाङमा रहेका छन् । रासस

, ,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates