एनेकपा माओवादीका नेताले नै आफ्नो पार्टी विभाजन गरे : गुरुङ
काठमाडौ / नेकपा – माओवादीका सचिव देव
गुरुङ्गले एमाओवादीका नेताहरुले नै आफ्नो पार्टी विभाजन गरेको बताएका छन्।
रफत
सञ्चार क्लब भक्तपुरले शुक्रवार गरेको अर्न्तसंवाद कार्यक्रममा उनले आफ्नो
पार्टीले राष्ट्रिय स्वाधिनता र देशभक्तिको धार बोक्दै गएकाले एमाओवादीका नेताले
पार्टी विभाजन गर्न भूमिका खेलको बताए।
दोस्रो संविधानसभाले पनि जनतालाई संविधान दिन नसक्ने
चर्चा गर्दै गुरुङ्ले संविधानसभा विघटन गरी राष्ट्रिय सर्वपक्षीय भेला आयोजना गरी
संविधान निर्माण गर्नुपर्नेमा जोड दिए। वर्तमानमा समेत विदेशीको ईशाराकै कारण
संविधान जारी हुन नसकेको भन्दै ठूला दलहरु विदेशीको गोटी बन्दा समस्या झनै विकराल
बन्दै गएको उनको टिप्पणी थियो।
संविधान सभाध्यक्षले संविधानको मस्यौदा जारी गर्न आफूलाई
अधिकार दिन दलका नेताहरुलाई आग्रह गर्नुले यथास्थितिमा संविधान जारी गर्न खोज्ने
बहाना भएको बताए।
अहिले राष्ट्रिय आत्मसमर्णपणवाद हाबी भएको उल्लेख गर्दै
यथास्थितिमा संविधान जारी गरे उक्त संविधान नेकपा-माओवादीले जलाउने चेतावनी दिए।
विदेशीको इसारामा देशलाई नव उपनिवेशवाद लाद्न खोजेको भन्दै यसबाट बचाउनुपर्ने
बताए।
सडक आन्दोलनबाट नै अबको निकास आउने संकेत गर्दै बिना
आन्दोलन देशले निकास नपाउने उनको भनाइ छ।





0 comments