विप्लव पछि हटे, अन्तरविरोध चर्कियो

काठमाडौं । माघ ८ गते अगाडि नै प्रतिरोधात्मक संघर्ष गरेर शासकलाई झुकाउने रणनीतिका साथ नयाँ पार्टी बनाएका विप्लवले सम्मेलनमा पेश गरेको यथास्थितिको क्रमभंगता, इतिहासको अपरिहार्य आवश्यकता नामक २८ पेजको दस्तावेजमा आफ्नो पूर्ववत अडानबाट दुई कदम पछाडि हटेका छन् ।
दीर्घकालीन जनयुद्ध हुनुपर्छ भन्ने उल्लेख्य मतलाई उनले कार्यदिशालाई एकीकृत जनक्रान्तिको सिद्धान्त भनेर थामथामथुमथुम पार्न खोजेका छन् । पहिला उनले एकीकृत क्रान्तिको सिद्धान्त भनेका थिए । धेरै सहभागीहरुलाई उनको यो प्रस्तावमा चित्त नबुझेको एक प्रतिनिधिले बताए ।
उनको दस्तावेजमा भूमिका, अन्तर्राष्टिय स्थिति, राष्टिय परिस्थिति, कम्युनिस्ट आन्दोलनको समीक्षा, आगामी सम्भावना, कार्यदिशासम्बन्धी बहसको पृष्ठभूमि, क्रान्तिकारी कार्यदिशा निर्माणका वस्तुगत पक्षहरु, कार्यदिशाको ठोस संश्लेषण, राष्ट र जनसरोकारका विषयमा पार्टी नीति र पार्टीको आगामी कार्यक्रमसहित नौ वटा उप शिर्षकमा विषयवस्तु प्रस्तुत गरिएको छ ।
दुई लाइन संघर्षका सम्बन्धमा गत असारमा पेश गरेको उनको फरकमत भन्दा पनि यो दस्तावेज सर्बै ढंगले दुई कदम पछि हटेको छ ।
वेप्रसंग र अनाधिकारी विषयहरुलाई आधिकारिक बनाएर आफ्नो पंक्तिलाई भ्रमित पारेर अनावश्यक उत्तेजनामा पुर्याएको कुरालाई देव गुरुंग र पम्फा भुसालले खण्डन गरिसकेका छन् ।
ड्यास माओवादीको कुनै पनि वैठकमा नउठेको विषयलाई नेताहरुको चरित्रहत्या गर्ने ढंगले पेश गरेका छन, यो उनकै लागि पनि प्रत्युत्पादक हुने निश्चित छ ।
कम्युनिस्ट पार्टीको राष्टिय सम्मेलनमा, विचार, राजनीति, संगठन, कार्यशैली आदि विषयमा गम्भीर र गहन छलफल हुनुपर्नेमा नितान्त निजी, मनगढन्ते, कपोलकल्पित विषयहरु पस्केर उनले कस्तो पार्टी र नेता तथा कार्यकर्ताहरु निर्माण गर्दैछन रहस्य र आश्चर्यको विषय बनेको छ ।

, ,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates