पूर्वाञ्चलमा मशाल जुलुश

विराटनगर । शुक्रवार पूर्वाञ्चल बन्दको प्रचार गर्दै जिल्ला सदरमुकाम तथा मुख्य शहरमा भर्खरै मशाल जुलुश सम्पन्न भएका छन् ।

नेकपा माओवादीका कोचिला राज्य इञ्चार्ज शावित्री काफ्ले समरका अनुसार झापाको चन्द्रगढी, विर्तामोड र दमकमा मशाल जुलुश भर्खरै सम्पन्न भएको छ ।

त्यसैगरी मोरंगको पत्थरी, विराट चौक, विराटनगर, सुनसरीको धरान, इटहरी, इनरुवा र दुहबीमा मशाल जुलुश भएको पनि इञ्चार्ज समरले जानकारी दिए ।

मिथिलाका इञ्चार्ज कृष्णदेव सिंहका अनुसार सिरहाका गोलबजार, लाहान, धनुषासहित मिथिलाका सदरमुकाममा मशाल जुलुश भएको प्रारम्भिक रिपोर्ट आएको जनाए ।


जनकपुरका सर्लाही, महोत्तरी, धनुषा र सगरमाथा, कोशी, मेचीका सबै जिल्ला ड्यास माओवादीले बन्द कार्यक्रम राखेको छ । संविधानसभा विघटन र सर्वपक्षीय राजनीतिकसभा हुनुपर्ने उसको माग रहेको छ ।

,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates