विप्लवसँग असन्तुस्टले खोले नयाँ पार्टी

काठमाडौं । नेकपा-माओवादीबाट सम्बन्ध विच्छेद गरेको डेढ महिना वित्दानवित्दै विप्लवको नेतृत्वको पार्टीबाट केही कार्यकर्ता वाहिरिएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको माओवादीसँग असन्तुष्ट पूर्वको एक समूहले नयाँ माओवादी घोषणा गरेको छ ।
शनिबार इटहरीमा पत्रकार सम्मेलन गर्दै उक्त समूहले अर्को पार्टी घोषणा गरेको हो । नयाँ पार्टीको नाम नेकपा माओवादी क्रान्तिकारी राखिएको छ ।
३९ सदस्यीय केन्द्रीय समिति रहेको उक्त पार्टीको अध्यक्षमा भजेन्द्र चौलागाईं र महासचिवमा आकाश शर्मा छन् । अधिकांश व्यक्तिहरु पार्टी सम्पर्कबाट नै पहिले वाहिरिइसकेको पनि बताइन्छ ।
झापा पाँचगाछीका चौलागाईं जनयुद्धकालमा स्वास्थ्य क्षेत्रमा कार्यरत थिए । ड्यास माओवादी अलग हुँदा उनी लामो समयसम्म एमाओवादीमा नै थिए ।
विप्लवको नेतृत्वमा पार्टी फुट हुँदा उनी विप्लवतिर जोडिएको कोचिला राज्यका इञ्चार्ज शावित्री काफ्ले ‘समर’ले जानकारी दिए ।
चौलागाईले विप्लवको पार्टीमा झापामा सचिव र केन्द्रीय सदस्य खोजेकोमा दुवै नपाएपछि विप्लवबाट अलग भएको झापाको एक स्रोतले जनायो ।
विप्लव पार्टीमा गइसकेका चौलागाईंलाई ड्यास माओवादीबाट अलग भएको भनी गरिएको समाचारले आफूहरुलाई आश्चर्यमा पारेको पनि राज्य इञ्चार्ज समरले बताए ।
माओवादीको आव्हानमा पौष २५ गते भब्य र शानदार ढंगले पूर्वाञ्चल बन्द गरिएको थियो र त्यसलाई विषयान्तर वा कमजोर देखाउन पूर्वबाट माओवादीविरुद्ध प्रायोजित र भ्रमपूर्ण समाचार दिएको माओवादी निकट एक स्रोतले जनायो ।
फुटेका कोही पनि विप्लवको पार्टीमा समेत केन्द्रीय सदस्य होइनन् ।

,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates