अध्यक्ष बैद्य भन्छनः ‘संविधान सभा नै भङ्ग गरौं’ |

काठमाडौं। नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले संविधान सभालाई विघटन गरी अधिकार सम्पन्न सर्वपक्षीय सभामार्फत् गतिरोध अन्त्यको प्रयास गर्नुपर्ने दोहो¥याएका छन् ।
राजधानीमा आज माओवादीको नेवाः राज्य समितिले गरेको कार्यक्रममा उनले यथास्थितिमा संविधान सभाबाट जनताको संविधान बन्न नसक्ने जिकीर गर्दै संविधानसभा नै भङ्ग गर्नुपर्ने माग गरे ।
संसदभित्रै बसेर एमाओवादीले आन्दोलन गर्नु सशस्त्र युद्धको मर्म र भावना विपरित हुने भन्दै वैद्यले आफ्नो कित्ता स्पष्ट गर्न एमाओवादीलाई आग्रह गरे ।
यस्तै, राष्ट्रबादी मोर्चाका अध्यक्ष राजेश्वर देवकोटाले विगतमा १२ बुँदे सहमति गरेर अघि बढ्ने दलहरुका बीचमा नै झगडा हुनु दुःखद भएको टिप्पणी गरे ।
उनले राष्ट्र निर्माण गर्ने विषयमा हुने आन्दोलनमा मोहन बैद्य नेतृत्वको माओवादीसँग सहकार्य गर्न सकिने बताए ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates