एकातिर संघर्ष गरेन भन्ने अर्कोतिर संघर्षलाई विस्थापन गर्ने काम भयो - मोहन वैद्य ‘किरण’

वर्गसंघर्षलाई प्रधान बनाएर जाने बेला तपाईंहरू अन्तरसंघर्षमा रुमल्लिएर पार्टी नै विभाजनको अवस्थामा पुग्यो नि के कारण ठान्नुहुन्छ पार्टी विभाजनमा ?
नेपाली कम्युनिष्ट आन्दोलनमा विद्यमान निम्न पुजीवादी प्रवृत्ति छ, त्यो निम्न पुजीवादी प्रवृत्ति नै हावी भएको छ । अर्कोतिर त्यो निम्न पुजीवादी प्रवृत्तिको उपयोग गर्ने काममा देशी/विदेशी प्रवृत्तिले पनि त्यहाभूमिका खेलिरहेको हुन्छ । मूलभूत रुपमा निम्न पुजीवादी प्रवृत्तिका विरुद्ध जसरी लड्नुपर्ने हो विचारधारात्मक रुपमा, त्यसलाई हामीले प्रभावकारी ढंगले चलाउन सकेनौं, जसकाकारण त्यस्तो प्रवृत्ति हावी भएर गयो ।

अलि प्रष्ट शब्दमा भनिदिनुहोस् न विभाजनभित्रको अन्तर्निहित कारण के हो ?

समग्रतामा त यस विषयमा दस्तावेजमा नै आउला । हामीले भनेका छौं, यो अलिकति अराजकतावादी, ब्यक्तिवादी कमजोरीहरू देखापरे । भौतिकवादी द्वन्द्ववादको प्रयोग गर्ने भन्दा पनि निषेधात्मक द्वन्द्ववाद जस्तो, पार्टीभित्र एकता, संघर्ष, रुपान्तरण भन्दा पनि पटकै रुपान्तरण हुन नचाहने जस्ता चिन्तनहरू पनि देखापरे । दस्तावेजहरू नै पनि आए । दुईवटा दस्तावेज आउनुलाई हामीले अन्यथा ठानेका थिएनौं र ठान्नु पनि हुदैन ।
त्यो पनि कही नभएको एकीकृत क्रान्तिको सिद्धान्तआयो । जसले नयाजनवादी क्रान्तिलाई प्रतिस्थापन गर्ने हिसावले । क्रान्तिको फौजी कार्यदिशाको क्षेत्रमा त्यो कहिल्यै नभएको विषयहरू आए । यसलाई भन्नुपर्दा, रुपमा एउटा क्रान्तिकारी जस्तो देखिने, वाम जस्तो देखिए पनि सारमा दक्षिणपन्थी दिशातर्फ उन्मुख चिन्तन, प्रवृत्तिहरू देखा पर्न थाले । यिनै कारणहरूले गर्दा पार्टी फुटको संघारमा पुग्यो । यसो हुनुको पछाडि देशी/विदेशी प्रतिक्रियावादीहरूको पनि कहीन कहीहात रहेको जस्तो लाग्छ ।
कतिपयले यसलाई राजनीतिभन्दा पनि सांगठनिक रुपमा देखिएको व्यक्तिवादी महत्वाकांक्षाका रुपमा पनि अथ्र्याउने गरेका छन्, तपाईं यसले पनि भूमिका खेलेको ठान्नुहुन्छ ?
यो विषय सांगठनिक मात्र हुदैन, यसका पछाडि राजनीतिक पनि हुन्छ । राजनीतिलाई नै हामीले मुख्य बनाउनु पर्छ । त्यो सांगठनिकमा अलिकति अभिब्यक्त हुन्छ । वर्गीय रुपमा भन्नुपर्दा, निम्न पुजीवाद हो । सांगठनिक क्षेत्रमा पनि केही अराजकताहरू देखिए । अराजकतावादी, ब्यक्तिवादी कमीकमजोरी र चिन्तनहरू पनि देखापरे । एकीकृत क्रान्तिको सिद्धान्त जस्तो बनाएर आइसकेपछि राजनीति नै भइहाल्यो ।
कहिलेदेखि देखिएको थियो यस्तो समस्या ?
पार्टीमा समस्या देखिनु ठूलो कुरा होइन, देखिदै जान्छन् नै । पहिले शुरु शुरुमा सांगठनिक रुपमा समस्या देखियो । यो समस्या साचो रुपमा भन्ने हो भने एमाओवादीसग सम्वन्ध विच्छेद गरेर आउने जुन प्रक्रिया भयो, कतिपय साथीहरूमा त्यस्तो चिन्तन देखापर्थे । पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गरेर लैजानुपर्ने अवाश्यकता हो । विभाजन गरेर जादा खेरी त्यो अलिक पछाडि पर्दो रहेछ । हामीले कोसिस ग¥यौं, रुपान्तरण गर्न । अझ खासगरी महाधिवेशनपछि झन् जटिल ढंगले समस्या देखापरे । त्यसकारण यसलाई वैचारिक/राजनीतिक समस्याकै रुपमा लिनुपर्छ ।
तपार्इंले वारम्वार पार्टीमा भिन्न मत रहेमा ल्याउनका लागि पनि प्रोत्साहन गर्नुहुन्थ्यो, तर अहिले त आफैले भिन्न मतलाई प्रोत्साहन गर्दा गर्दै पनि पार्टीभित्रको दुईलाइन संघर्षको ब्यवस्थित थालनी नहुदै पार्टी फुट्यो नि ?
त्यही भएर नै हामीले यो विभाजनलाई अलिक अस्वाभाविक र असहज रुपमा लिएका छौं । एकातिर, दुईवटा प्रस्तावहरू छन्, महाधिवेशनमा जाने भनेर ठेगान गरिसकिएको छ । अर्कोतिर अहिलेको आवश्यकता भनेको वर्गसंर्घषलाई सशक्त बनाएर लैजानुपर्ने छ । त्यो आवश्यकतामाथि ध्यान नदिइकन अहिले कुवेलामा यसरी आउने काम भयो । अहिले अनुशासित भएर जानुपर्ने हो, अनुशासन नमान्ने, दुईलाइन संर्घष भएका वेला अनुशासनलाई पटक्कै नमान्ने काम भयो, यो सांगठनिक क्षेत्रमा देखापरेको गम्भीर प्रकारको अराजकतावाद हो ।
पार्टी विभाजन गरेर गएका शक्तिहरूले मानौं, भोलि संघर्षमा उत्रिए, एमाओवादी सदनमा हुने, उनीहरू संघर्षमा रहने अवस्था आयो भने तपार्इंहरूको स्वतन्त्र धार के हुन्छ ?
हाम्रो स्वतन्त्र धार रही नै रहन्छ । किनभने एउटा दक्षिणपन्थी अवसरवादी धारा छ । त्यो धाराले संसदवादलाई स्वीकार गर्दै अगाडि बढ्छ । अर्को यो धारा वेढंगे धारा छ । यो पनि विभिन्न प्रकारको विचलन हुदै अगाडि बढ्छ । त्यसकारणले हाम्रो धारा के हो भने सवै खाले अवसरवादका विरुद्धको क्रान्तिकारी धारा स्वतन्त्र रुपमा रहिरहन्छ । क्रान्तिमा एउटा चकाचौंद परिकल्पना हामीले गर्न सक्दैनौं । गर्न हुदैन पनि । क्रान्ति भन्ने कुरा असाध्यै कष्टसाध्य काम हो । हामीले दश वर्षको जनयुद्ध अत्यन्तै तयारीका साथ गरेका थियौं । बीचबीचमा हाम्रो यस्तै पर्ने गर्दथ्यो । एक ढंगले मानिसहरू जान्थे । क्रान्तिकारी धारलाई बचाउनका लागि बहुत अप्ठ्यारो पर्ने गर्दथ्यो । अवसरवादी धारा अवसरवादी नै हुन्छ । एउटा वैचारिक राजनीतिक रुपमा पार्टीलाई सक्षम वनाउनु पर्छ । अर्को वर्गदुश्मनका विरुद्ध कुनै न कुनै प्रकारको संघर्षको राजनीतिक आर्थिक, सांस्कृतिक हरेक प्रकारका संघर्ष चलाउदै जानुपर्ने हुन्छ ।
पार्टीभित्रको पछिल्लो अन्तरसंर्घषबाट एमाओवादीसगको विभाजनको औचित्यता पुष्टि कसरी गर्नुहुन्छ ?
जसरी उहाहरूसग सम्वन्ध विच्छेद भयो, त्यसको औचित्यताको पुष्टि सैद्धान्तिक राजनीतिक रुपमा छ । उहाहरूले नयाजनवाद त्याग्नु भयो, हामीले नयाजनवादी क्रान्तिको झण्डालाई दह्रोसग पक्डिएर लगेका छौं । उहाहरूले साम्राज्यवाद, विस्तारवादलाई छोड्नु भयो, हामीले साम्राज्यवाद, विस्तारवादका कुराहरूलाई अगाडि बढाएर लगिरहेका छौं । सैद्धान्तिक, राजनीतिक दृष्टिकोणले हाम्रो भिन्न धारा हो यो । हो हामीलाई भन्ने गर्छन्, औचित्य के ? त्यो नितान्त गलत कुरा हुन् । प्रष्टै रुपमा एउटा संसदवादी धाराको रुपमा गइरहेको छ, एउटा संसोधनवादको ढृढतापूर्वक कुरा उठाउदै आइरहेको छ । अर्कोतिर हामी संर्घषको बीचवाट पनि गइरहेका छौं । यद्यपि ठूला ठूला संघर्ष उठाउन सकेका छैनौं । वहिष्कार आन्दोलन सशक्त रुपमा अगाडी गएको हो । राष्ट्रिय स्वाधिनता, जनतन्त्रको प्रश्न, जनजीविकाका सवाललाई लिएर हामीले जुन प्रयास गरिरहेका छौं, त्यसको राष्ट्रिय स्वाधीनताको प्रश्नलाई मूल एजेण्डा बनाएर लगेका छौं । यसले पनि हाम्रो स्वतन्त्र धार छ ।
अकर्मन्यता र अन्यौलतमा नेतृत्व रहेको र वर्गसंर्घषको पनि उठान गर्न नसकेकोले तपाईंको नेतृत्ववाट अबको क्रान्ति अगाडी बढ्न नसक्ने आरोप उहाहरूले लगाउनु भएको छ नि, यस्तो आरोपप्रति तपाईंको टिप्पणी के छ ?
सांगठनिक रुपमा कुरा गर्ने हो भने उहाहरूको पार्टीभित्र कुनै पनि विषयलाई अगाडि वढाउन राम्रो गरी दिनुभएन । एकातिर संघर्ष गरेन भन्ने अर्कोतिर संघर्षलाई विस्थापन गर्ने काम भयो । हाम्रो पार्टीमा संघर्षका कार्यक्रमलाई मूर्तरुपमा लिएर लैजाने भन्ने थियो । अब उहाहरूले बेग्लै भेला गरेर, आफ्नो कार्यक्रम लिएर जानुभयो । हामीले एक्लै उहाहरूलाई सोध्दै कार्यक्रम लिएर जाने हो भने पार्टी त्यही बेला फुट्ने थियो । अरु संघर्षको कुरा गर्ने हो भने, उहाहरूको तरिका अरु नै छ । त्यही नै मिलेन । हामीले जनसंर्घषका कार्यक्रम ल्याएका हुन्छौं, उहाहरू भन्नुहुन्छ यस्तो संघर्षका कार्यक्रममा के जानु ? अनुशासन नमान्ने काम उहाहरूको ठूलै रुपमा देखाप¥यो । त्यसकारण हलो अड्काएर गोरु चुट्ने हिसावले उहाहरू जानुभयो । हाम्रा पनि कमी कमजोरी र सीमाहरू होलान्, त्यसलाई पनि हामीले हल गर्दै जानुपर्ने हुन्छ । तर उहाहरूले संघर्ष सञ्चालन गर्न नदिएको कारणले पनि यहासमस्या पैदा भएको हो ।
एमाओवादीमा पार्टी लगेर बुझाउन लाग्नु भएको छ रे नि, त्यस्तो पनि आरोप छ त ?
त्यो पूरै मिथ्या आरोप हुन् । हामीले पार्टी एकताका लागि पोलिटब्यूरोवाट ६ वुदे प्रस्ताव पारित गरेको हो । उहाहरूसहित बसेर गरिएको हो । हामीले ६ वुदे प्रस्ताव स्वीकार नगरेसम्म पार्टी एकता हुदैन । हामीले हाम्रो धारणालाई क्लियर लिएर गएका छौं । उहाहरू पनि त बस्नुभएको छ, बैठकहरूमा । त्यो आरोपको नाममा आरोप मात्रै हो । देशैभरि त्यही आरोप लगाइरहनु भएको छ । हेरौं अव उहाके गर्नुहुन्छ रु हामी राजनीतिक सैद्धान्तिक रुपमा कुरा नमिलेसम्म हाम्रो प्रस्तावलाई स्वीकार नगरेसम्म पार्टी एकता सम्भव छैन ।
तपार्इंलाई आफ्नै भन्नेहरूले पनि घेराबन्दी गरेका छन् जसका कारण तपाईं अगाडी बढ्न सकिरहनु भएको छैन भन्ने छ नि ?
घेरावन्दी भन्ने कुरा गलत हो । म कुनै घेराबन्दीमा पर्ने कुरा पनि भएन । बरु अप्ठ्यारो उहाले नै पार्नुभएको थियो । म घेराबन्दीमा पर्ने भएको भए जीवनमा कस्तो कस्तो अवस्थामा घेराबन्दीमा पर्थे, म यहासम्म आइपुग्न सक्ने पनि थिइन। मलाई दृढतापूर्वक एउटा विश्वास के छ भने अवसरवादका विरुद्ध लड्न, दक्षिणपन्थी संशोधनवादका विरुद्ध लड्न, सुधारवादका विरुद्ध लड्न म एक्लै भए पनि दृढतापूर्वक अगाडि बढ्ने हो । मेरो जीवनै पूरै त्यसैगरी संघर्षमा बितेको छ । निरन्तर म लड्दै आएको छु । लड्ने बेलामा म एक्लै हुने हो । मलाई साथ दिने साथीहरू पनि हुनुहुन्छ । यही अरु साथीहरूलाई आरोप लगाउने काम मात्र गरिएको छ । दृढतापूर्वक कमरेडहरू आइरहनु भएको् छ संघर्षमा । त्यसकारण मलाई घेराबन्दी गरिएको भन्ने कुरामा सत्यता छैन । यो गलत ढंगले प्रचारबाजी गरिएको मात्रै हो ।
तपाईंहरूबीच विगतमा केही आन्तरिक त्यस्तो गोप्य सहमति भएको थियो ? जो बाहिर आशंका गरिन्छ नि ?

त्यस्तो कुनै आन्तरिक गोप्य सहमति थिएन । उहापनि पदाधिकारीमै हुनुहुन्थ्यो । उहामा महत्वाकांक्षाका केही लक्षणहरू देखापर्थे । उहाले सिधा भन्नुहुन्नथ्यो । सिधा कुरा गरेको भए एउटा कुरा हुन्थ्यो । त्यसकारण सिधा कुरा नगरेको अवस्थामा यो त्यो भन्ने कुरा आएन ।
तपाईंले पार्टी विभाजनसगै अन्तरसंघर्षले कुनै कुनै रुपमा पार्टीलाई विभाजनमा लगेको र हामी त्यो कमजोरीलाई सच्याएर अगाडि बढ्छौं भन्नुभएको थियो, तर त्यही इतिहासको पुनरावृत्ति अहिले तपाईंहरूको पार्टीमा देखियो नि हैन ?
फरक मत दुई प्रकारका हुन्छन् । एउटा मैत्रीपूर्ण प्रकारको हुन्छ । यसलाई सच्याऊ, अझै राम्रो गरौं भनेर देखा पर्ने । अथवा भनौ दुईलाइन संघर्ष दुई प्रकारका हुन्छन् । मैत्रीपूर्ण संघर्ष एकता, संघर्ष, रुपान्तरणको बीचबाट अगाडि बढ्दै जान्छ । अर्को संघर्ष मैत्रीपूर्ण हुदैन । विचलनसग सम्बन्धित हुन्छ । भड्कावहरूसग सम्बन्धित हुन्छ । विचलन र भड्कावसग सम्बन्धित दुईलाइन संघर्षले गलत दिशा पक्डिन्छ । त्यसकारण पार्टीमा सधैदुई लाइन संघर्ष शत्रूतापूर्ण हुन्छ नै भन्ने हुदैन । हामीले प्रयत्न गर्ने के हो भने गलत प्रवृत्तिलाई बेलैमा उजागर गर्न चाहिसक्नुपर्छ । त्यसलाई मौकामा उजागर गर्न नसक्नुमा विभिन्न परिणामले काम गरेको हुन्छ । त्यो असाध्यै अप्ठ्यारो हुन्छ । त्यसकारण यसलाई बेलैमा उजागर गरेर जाने विषयमा हाम्रा केही कमजोरीहरू रहेका थिए ।
पार्टीमा कुनै बेलामा त्यो निम्न तहमा हुन्छ कुनै बेला उपल्लो तहमा हुन्छ । जब जुन संघर्ष मैत्रीपूर्ण छ त्यो एकता, संघर्ष र रुपान्तरणकै बीचबाट जान्छ । अर्कोचाहिदुष्मनीपूर्ण संघर्ष हुन्छ त्यो कुनै पनि हालतमा निषेधात्मक द्वन्द्ववादको रुपमा जान्छ । एउटा प्रवृत्ति लड्यो लड्यो सम्झौतामा गएर टुंगिन्छ । बेकारमा लडिएछ भनेर मिल्ने स्थितिमा पुगिन्छ । त्यो पनि गलत प्रवृत्ति हो । दोस्रो प्रवृत्ति लड्यो लड्यो दुवै ध्वस्त भयो । त्यो प्रवृत्ति पनि गलत हो । त्यसलाई निषेधात्मक द्वन्द्ववाद भनिन्छ । अर्को प्रवृत्ति भनेको एकता, संघर्ष र रुपान्तरणको सकारात्मक प्रवृत्ति । यसरी तीनथरिका प्रवृत्तिहरू देखा पर्दछन् । हामी एमाओवादीको संघर्षमा सम्झौतावादमा फसेनौं त्यहाजोगिएर आयौं । यहाआउदाखेरि हामीे निषेधात्मक द्वन्द्ववादमा फस्यौं । फेरि पनि यहाहामीले सम्झौता गरिरहेका छैनौं । हामीले चाहेको एकता, संघर्ष र रुपान्तरणबाट हल गर्ने कुरा थियो तर त्यो सम्भव भइदिएन । त्यो अलि अस्वाभाविक, असहज परिस्थिति देख्छौं ।
तपाईंले जारी केन्द्रीय समितिको विस्तारित बैठकमा कि अनुशासन मान्नुपर्ने कि छोडेर जानुपर्ने कडा प्रस्ताव ल्याएपछि उहाहरू जानु भएको भनिन्छ नि ?
यो गलत कुरा हो । एउटै पार्टी हुदाहुदै राष्ट्रव्यापी भेला गर्न मिल्छ कि मिल्दैन राष्ट्रव्यापी भेला गरिएको छ । त्यसमा पनि हामीले फोरम चलाउने भनेकै थियौं । तलसम्म प्रस्तावहरू लगिएका पनि छन् । बहस चलाइदिन्थ्यौं । उहाहरू बेग्लै भेला पनि गर्ने, कमी कमजोरी पनि भयो नभन्ने ? त्यो स्थितिमा भनिएको हो । कि अनुशासन मान्नुप¥यो कि विद्रोह गर्नुप¥यो । अर्को तेस्रो त बाटै छैन । भिन्नमतको सबै कुरा लिएर जान पाइदैन । यी सबै कुरा एउटै पार्टीमा बसेर कसरी सम्भव हुन्छ ? भित्तेलेखन नै गर्नुभयो, किताबै लेख्नुभयो । उहाहरूले पार्टीभित्र पार्टी, संगठनभित्र संगठन, संघर्षभित्र संघर्ष, योजनाभित्र योजना लिएर जान त पाइन्न नि । यहागलत छ भने विद्रोह गर्नुप¥यो, छैन भने अनुशासन भएर बस्नुप¥यो । जनवादी केन्द्रीयता मान्नुप¥यो ।

अब उहाहरूको भविष्य के देख्नुहुन्छ ?

उहाहरूको भविष्यलाई हेर्दा दुई/तीनवटा तरिकाबाट हेर्नुपर्छ । यही तरिकाबाट जसरी एकीकृत क्रान्तिको सिद्धान्त भनेर आन्दोलनलाई लिएर जान खोज्नु भएको छ यो तरिकाले त उहाहरूमा गम्भीर विचलन आउने देखिदैछ । यसबाट उहाहरू गलत दिशामा जाने हामी देख्छौं । त्यसैगरी जानु भयो भने त्यो दक्षिणपन्थी अवसरवादतिर जान्छ अन्तिममा । क्रान्तिकारी धाराको रुपमा टिक्नै सक्दैनन् मलाई त्यस्तो लाग्छ । दक्षिणपन्थी अवसरवादतिरै जाने हो उहाहरू । एकीकृत क्रान्तिको उहाहरूको सिद्धान्तले त त्यतै पु¥याउछ । त्यसले माक्र्सवाद, लेनिनवाद, माओवादलाई निषेध गरेको छ । नयाजनवादलाई पनि निषेध गरेर विचित्र ढंगले आएको छ ।
दोस्रो उहाहरूले सम्बन्ध बिच्छेद गरेको कुरा हाम्रो कार्यालयमा ल्याएर बुझाउनुभयो । छिटो छिटो प्रेस वक्तव्य सार्वजनिक पनि गर्नुभयो । त्यो स्थितिमा पनि हामीले के भनेका छौं भने तपाईंहरू आउनुहोस्, कमी कमजोरीलाई सच्याएर लैजाऔं भनेका छौ। त्यो उहाहरूको विचलनलाई रोक्ने हाम्रो दायित्व पनि छ । उहाहरूलाई अझै पनि हामी अनुरोध गर्छौ सच्चिएर आउनुहोस् । प्रयास गर्दागर्दै पनि नमान्ने हो भने अन्ततोगत्वा उहाहरूलाई नै घाटा पु¥याउछ ।
अब तपाईंहरूको पार्टी कसरी अगाडि जान्छ ?
हाम्रो पार्टी सैद्धान्तिक राजनीतिक दृष्टिकोणले भन्दा विश्वमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि दक्षिणपन्थी अवसरवाद खतरनाक रुपमा अगाडि बढेको छ । नेपालमा पनि दक्षिणपन्थी अवसरवादी खतरा तीव्रता रुपमा देखापरेको छ । यो स्थितिमा हामी दक्षिणपन्थी अवसरवादलाई सैद्धान्तिक, राजनीतिक रुपले सशक्त रुपमा विरोध, भण्डाफोर गर्दै अगाडि बढ्छौं । अर्को हामीले साम्राज्यवाद, विस्तारवाद, सामन्तवादलगायतका नेपाली क्रान्तिका बाधक तत्व प्रहारका निशाना हुन् । तिनका विरुद्ध पनि सशक्त आवाज उठाउदै लान्छौं । तेस्रो कुरा सांगठनिक रुपमा संगठनलाई अलि परिमार्जित गरेर लैजान्छौं ।
संगठन असाध्यै भद्रगोल भयो । यो संगठनलाई शुद्धीकरणको बीचबाट संगठनलाई खार्दैै अगाडि बढाउने दिशामा पार्टीलाई लिएर जान्छौं । अर्कोतिर जनवर्गीय मोर्चाहरूलाई अलि बढी फैलाएर लैजाने कोसिस गर्छौ । चौथो कुरा हामीले अहिलेका समसामयिक विषयहरूलाई लिएर संघर्षको कार्यक्रम अगाडि बढाएर लैजान्छौं । नेपाली क्रान्तिको उद्देश्य पूरा हुन सकेको छैन । नेपाली जनताले थुप्रै आन्दोलनहरूमा जसरी रगत पसिना बगाएका छन् । उनीहरूको मुक्तिको सपना, क्रान्तिको सपना, नयाजनवाद, साम्यवाद र समाजवादको आदर्श छ त्यसको प्राप्तिको दिशामा पार्टीलाई सशक्त रुपमा अगाडि बढाउछौं ।
अन्तिममा पार्टी कार्यकर्ताहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
वर्ग संघर्ष र दुईलाइन संघर्षका ज्वाराभाटाहरू उत्कर्षमा पुगिरहेका छन् । यी ज्वारभाटाहरूको सामना गर्दै माक्र्सवाद, लेनिनवाद र माओवादको आलोकमा सशक्त रुपमा अगाडि बढ्नको निम्ति सबैलाई म आह्वान गर्छु । र त्यस्तो बेला मान्छेहरूमा थोरै भए पनि निराशा हुने गर्छ । यो अस्थायी कुरा हो । क्रान्तिकारी आन्दोलन सशक्त रुपमा अगाडि बढ्छ नै । विगतमा पनि हामीले देखेका छौ। यस्तै जिकज्याकबाट वर्गसंघर्ष पनि आरोहअवरोहबाटै अगाडि बढ्छ, दुईलाइन संघर्ष पनि त्यसैगरी अगाडि बढ्छ । त्यो स्थितिमा हामी निराश होइन क्रान्तिकारी आशावादले समृद्ध भएर अगाडि बढ्नु पर्छ । महिमा साप्ताहिकबाट

,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates