मोहन वैद्य चीन प्रस्थान

नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य चीन प्रस्थान गर्नु भएको छ ।
घोषित निर्वाचनको मिति रोक्दै वर्तमान सरकार विघटन गरि राष्टिय सहमतिको सरकार वनाउन आफुहरु सकरात्मक रहेको सन्देश पत्रकार सम्मेलन मार्फत दिएको केहि घण्टामै अध्यक्ष वैद्य चीन जानु भएको हो ।
पार्टीका तर्फबाट गठित उच्च स्तरिय वार्ता टोलीका अध्यक्ष समेत रहनु भएका अध्यक्ष वैद्य उपाध्यक्ष एवं परराष्ट व्युरो प्रमुख सि पि गजुरेललाई लिएर सोमवार राती अचानक वेइजिङ प्रस्थान गर्नु भएको हो ।
यद्यपि माओवादी स्रोतले भने अध्यक्ष वैद्यको चीन भ्रमणको कार्यक्रम पहिले नै तय गरिएको वताएको छ । तर सो भ्रमणवारे कुनैपनि कुरा वाहिर आएको थिएन ।
वैद्यको वेइजिङ प्रस्थान संगै चारदलिय संयन्त्र र नेकपा माओवादी वीच हुने अपेक्षा गरिएको वार्ता प्रभावित हुने छ ।
यस अघि पनि अध्यक्ष वैद्य पटक पटक चीन गइसक्नु भएको छ ।
पार्टी कार्यकर्ता बाट संघर्षमा जान जोड र राष्टिय राजनीतिमा निर्वाचनमा भाग लिन दबाव का वीच अध्यक्ष वैद्यले उपाध्यक्ष गजुरेललाई समेत लिएर चीन भ्रमण गर्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
उता पत्नीको पेटको उपचारका लागि सिंगापुर जानु भएका एमाओवादी अध्यक्ष पुष्प कमल दाहाल भने भारतिय विदेशमन्त्री सल्मान खुर्सिद संगको भेट्का लागि हतार हतार आजै स्वदेश फर्कर्न लाग्नु भएको छ ।

,

1 comments

yadi parchanda la salman khursid li vet garnu vanda badipidith li vet gara ra rahad dieo vana ramro huncha .

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates